बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Jul 12, 2019 | 09:52:54 AM



इन्भेस्टमेन्ट बैंक र जेबिल्स फाईनान्सले असार ३० गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन। जेबिल्सलाई गाभेपछि बैंकले असार ३० गते सोमबारदेखि एकिकृत कारोबार सुरु गर्ने भएको हो । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु हुन् लागेको हो 

प्राप्ति पश्चात बन्ने बैंकको कार्यालय साविक कै स्थान दरवारमार्गमा रहने छ । 

बैंकले फाईनान्सलाई १००:३३ को स्वाप रेसियोमा गाभेको हो  । प्राप्तिपछि बैंकको चुक्ता पुँजी १२ अर्ब ५९ करोड पुगेको छ भने बैंकमा संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत नै रहनेछ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7