कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले आफ्नो कास्कीमा शाखा विस्तार गरेको छ । बैंकले आइतबार कास्कीको छिनेडाँडामा शाखा विस्तार गरि कारोबार शुभारम्भ गरेको हो ।
शाखाको शुभारम्भ बैंकका संचालक चतुराखर अधिकारी, अर्का संचालक देव कृष्ण काफ्ले तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज बास्तोलाले गरेका छन् ।
बैंकले हाल ९४ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ ।