२३ वटा बैंक वित्तीय संस्थाले पाए मर्जरको अनुमति, १४ वटा पाइपलाइनमा

विजय पराजुली

विजय पराजुली

Jul 14, 2019 | 04:44:57 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष सकिनै लाग्दा बैंक तथा वित्तीय संस्थाकहरुमा मर्जर तथा प्राप्ति प्रक्रियाले गति लिएको छ । पछिल्लो २ महीनामा २३ वटा वित्तीय संस्थाले मर्जर तथा प्राप्तिको लागि सैद्धान्तिक स्वीकृति प्राप्त गरेका छन 

मर्जर तथा प्राप्तिको लागि स्वीकृत पाउनेमा ३ वटा वाणिज्य ५ वटा विकास बैंक एउटा फाइनान्स कम्पनी र १४ वटा लघुवित्त वित्तीय संस्था रहेका  छन् । 

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंकलाई र ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्सलाई प्राप्ति गर्न तथा एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकलाई मर्जरमा जान स्वीकृति प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ । शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकले पनि पुर्णिमा र भागर्व विकास बैंकलाई प्राप्ति गर्न स्वीकृति पाएको छ । 

यस्तै लघुवित्तहरुमा सारथी र सत्यवति लघुवित्तले मर्जरको लागि स्वीकृती पाएका छन् । कालीका र जनसेवी लघुवित्त तथा आरम्भ र चौतारी लघुवित्तले पनि मर्जरको स्वीकृति पाएका छन् । र्मिमिरे, किसान, नागवेलीले पनि एक आपसमा मर्जरमा जाने सैद्धान्तिक सहमति पाएको नेपाल राष्ट्र बैंकले जनाएको छ । वोमी लघुवित्तले नागरिक लघुवित्तलाई प्राप्ति गर्न तथा एनआरएन, क्रिएटिभ र रामारोशन लघुवित्तलाई एक आपसमा मर्जमा जान राष्ट्र बैंकले अनुमति प्रदान गरेको हो । 

आठ वटाको प्रक्रिया अन्तिम चरणमा

आठ वटा बैंक तथा वित्तीय संस्थाले एकीकृत कारोबारको मिति घोषण गरिसकेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकले जेविल्स् फाइनान्सलाई एक्वायर गरेर यही असार ३० गते देखि एकीकृत कारोबार सुरु गर्दैछ । देवः विकास बैंकले वेस्र्टन डेभलपमेनट बैंकलाई एक्वायर गरि यही असार ३१ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछ । तिनाउ र मिसन डेभलपमेन्ट बैंकले पनि यहि असार ३१ गते बाट तिनाउ मिसन डेभलपमेन्ट बैंकको नामबाट एकीकृत कारोबार गदैछन् । यस्तै असार ३० गते सोमबार बाट नै साधान लघुवित्त र आर्थिक समृद्धि लघुवित्तले पनि एकीकृत कारोबार सुरु गर्दै छ । 

१४ वटा राष्ट्र बैंकको स्वीकृतिको पर्खाइमा

कन्काई विकास बैंकलाई एक्वायर गर्न स्वीकृती पाएको प्राइम कमर्सियले बैंकले ललितपुर पाmइनान्स र कैलाश सिवका बैंकलाई पनि एक्वायर गर्दै छ । यसको लागि राष्ट्र बैंकको सैदान्तिक सहमतिको पर्खाइमा रहेको छ । हाथवे फाइनान्सलाई  

एक्वायर गर्ने प्रक्रियामा रहको ग्लोबल आइएमई बैंक र जनता बैंकले पनि मर्जरमा जाने सहमति गरेका छन् । देव विकास बैंकले सहार विकास बैंकलाई एकवायर गर्ने प्रक्रिया एक वर्ष देखि अन्यौलमा रहेको छ । 

यस्तै सिटिजन्स बैंकले सहयोगि विकास बैंकलाई प्राप्ति गर्दै छ । असार ३१ गतेबाट एकिकृत कारोबार सुरु गर्न लागेको तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटि डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्दैछ । विजय लघुवित्तले स्वेडा र सुर्योदय लघुवित्तले त्रिलोक लघुवित्तलाई प्राप्ति गर्ने सम्झौता गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved