बिजपाटी सम्बाददाता     Jul 14, 2019 | 07:44:12 PM


tansen

मेगा बैंक नेपालले एकैपटक तीन वटा देशमा ‘मेगा रेमीट’ सेवालाई विस्तार गरेको छ । बैंकले हङकङ, युएई र जोर्डनमा मेगा रेमीटको सञ्जाल विस्तार गरेको हो ।

यो सेवा  मार्फत अब नेपालीहरुले हङकङको ई–पेबाट, युएईको सराफ एक्सचेन्जबाट तथा जोर्डनको अल अलाउनी एक्सचेन्जबाट मेगा रेमीटमार्फत स्वदेशमा रकम पठाउन सक्नेछन् । 

यी तिन देशबाट पठाएको रकम मेगा बैंक र देशभर छरिएका बैंकका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने मेगा बैंकले जनाएको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका