बिजपाटी सम्बाददाता     Jul 15, 2019 | 02:36:24 PM



dace

राष्ट्रिय वाणिज्य बैंकले धादिङको मलेखुमा शाखा बिस्तार गरेको छ । बैंकले सोमबारबाट शाखा बिस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।  

शाखा विस्तारबाट उद्यमीहरुको वित्तीय पंहुचमा थप सघाउ पुगी रोजगारी श्रृजना समेत हुने बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

बैंकले हाल २२२ वटा शाखा कार्यालय, १७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग इकाई मार्फत सेवा प्रदान गरिरहेको छ ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7