एनआईसी एशियाका ग्राहकलाई ग्लोबल हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2019 | 01:09:35 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited का ग्राहकले ग्लोबल हस्पिटल ग्वार्कोमा उपचार सेवामा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका ग्राहकले ग्लोबल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मकोे छुट पाउने छन् । 

सम्झौतामा बैंकका तर्फबाट डिजिटल विजनेशका इन्चार्ज रौनक करवा र हस्पिटलका तर्फबाट मानव संशाधन तथा वित्त विभाग प्रमुख हिमान्सु झाले हस्ताक्षर गरेका छन् ।

बैंकले हाल २९० शाखा कार्यालय, ३०२ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved