गभर्नरले भने,'नेपाली बैंकलाई लण्डन मलेसिया पुर्याउन मर्जर आवश्यक' (भिडियो सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2019 | 03:41:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले विदेशमा नेपाली बैंकप्रति गर्व गर्न लायकको बनाउन आवश्यक रहेको बताएका छन। लन्डन  मलेसिया जस्ता ठुला आर्थिक क्रियाकलाप हुने शहरमा नेपाली बैंकको गर्विलो उपस्थिति बनाउनका लागि अहिले नेपालका बैंकहरुबीच मर्जर आवश्यक रहेको गभर्नर नेपालले बताएका छन। 

देव: विकास र वेस्टर्न डेभलपमेन्टबीचको एकीकृत कारोबारको शुभारम्भ अवसरमा बोल्दै गभर्नर नेपालले प्रविधिमा गर्नुपर्ने लागत घटाउन र बिश्व बजारमा प्रतिस्पर्धी बनाउनका लागि पनि मर्जर आवश्यक रहेको बताएका छन।     

'बैंकहरुले सर्वसाधारणको निक्षेप लिएका छन् त्यसको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने दायित्व राष्ट्र बैंकले प्रत्याभूत गर्न जरुरी छ' गभर्नर नेपालले भने, 'ह्याकरहरुले कति बेला स्वीफ्ट ह्याक गरेर रकम चोर्छन् थाहा हुँदैन त्यसको लागि उच्च लागतमा नविनतम प्रविधीको प्रयोग गर्नुपर्ने वाध्यता छ, प्रविधिमा लागत घटाउन पनि मर्जर आवश्यक छ।'

उनले अहीले बैंकहरु मर्जर मजबुत बन्दै गएको बताउदै २ करोड रुपैयाँ कर्जा नउठ्दैमा बैंकहरु धरासायि बन्ने अवस्था अब नभएको बताए। बैंकिङ क्षेत्रमा प्रविधिको वहस नेपालमा मात्र नभएर विश्वभरको केन्द्रिय बैंकको चासोको विषय बनेको उनले दोहोर्याए। 

उनले भने, 'पछिल्लो ४ वर्ष देखि म लगातार रुपमा गभर्नहरुको अन्तराष्ट्रिय सम्मेलनमा सहभागि भइरहेको छु, त्यहाँ सहभागि हुने सम्पुर्ण गभर्नरहरुले प्रत्येक वर्ष बैंकिङ क्षेत्रको प्रविधि र यसको सुरक्षाको विषयमा मात्र चर्चा गर्छन् ।’ 

कल्चर र कर्मचारी समयोजन लगायतका बहानामा मर्जरको विरोध गरिरहेका केही बैंकहरुप्रति लक्षित गर्दै उनले भने ‘नेपाल यति सानो देश छ, यहाँ एकले अर्कोलाई राम्रोसँग चिन्छ, ठुला र धेरै जनसंख्या भएको देशमा जति समस्या पर्छ त्यस्तो समस्या नेपालमा हुँदैन।'

नेपालमा बैंकहरुलाई तालिम दिने एउटा मात्र तालिम केन्द्र भएको भन्दै गभर्नर नेपालले यसले सम्पुर्ण बैंकका कर्मचारिहरुलाई तालिम दिने र तालिमको कल्चर पनि एउटै हुने बताए। 'अव कसरी मान्न सकिन्छ बैंकहरुको बहानालाई ?' उनले प्रश्न गरे। गभर्नर नेपालले आफु कुनै पनि वहानमा मर्जरको नीतिबाट पछि नहट्ने स्पस्ट संकेत गरेका छन।

हेर्नुस भिडियो: 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved