बैंकको किस्ता तिर्ने समय थप, बैंक र व्यावसायिलाई ठुलो राहत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2019 | 04:23:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले सावाँ र व्याजको किस्ता तिर्ने म्याद १५ दिनको लागि थप गरिदिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार एक सर्कुलर जारी गर्दै ऋणलाई बैंकबाट लिएको सावाँ र व्याजको किस्ता तिर्नको लागि साउन १५ गते सम्मको म्याद दिएको हो । 

केन्द्रिय बैंकले बाढी पहिरोको कारण सावाँ र ब्याजको किस्ता रकम भुक्तानीमा कठिनाई हुन सक्ने भन्दै असार मसान्तसम्म किस्ता रकम साउन १५ सम्म तिर्दा हुने र त्यसलाई बैंकहरुल नियमकारी कोषमा जम्मा गर्नु नपर्ने व्यवस्था गरिदिएको हो । 

राष्ट्र बैंकको उक्त निर्देशन सँगै बैंक तथा बैंकबाट कर्जा लिने व्यवसायि दुवै क्षेत्रले  राहत महसुस गरेका छन् । व्यवसायिलाई कर्जाको किस्ता तिर्ने म्याद थप हुँदा जरिवानाबाट बच्ने भएका छन् भने  कर्जा नढडेर खराब कर्जाको प्रोभिजनमा रकम छुट्याउँदा नाफा घट्न सक्ने आशंकामा रहका बैंकहरुले पनि राहत महशुस गरेका छन् । राष्ट्र बैंकको उक्त सर्कुलरले बैंकहरुको वित्तीय प्रतिवेदन प्रकाशित गर्न भने केही ढिलाई हुने सम्भावना देखिएको छ । 

यस्तै केन्द्रिय बैंकले आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र प्राप्त भएको ब्याज रकम नियमनकारी कोषमा जम्मा गर्नु नपर्ने व्यस्थालाई आर्थिक वर्षको समापनलाई मध्यनजर गर्दै १ महिना बनाएको सर्कुलरमा उल्लेख छ ।  उक्त व्यवस्था सँगै १५ दिनको लागि बैंकको ब्याज तिर्ने समय थप भएको छ । अहिलेको व्यवस्थामा  आर्थिक वर्ष सकिएको १५ दिनसम्म बैंकको ब्याज तिर्दा बैंकहरुले अघिल्लो वर्ष तिरेको गरी मिलाउने छुट थियो । अव १ महिना सम्म प्राप्त भएको व्याजलाई त्यसरी मिलाउन पाउने भएका छन् । 

उक्त व्यवस्था सँगै नेपाल उद्योग वाणिज्य महासंघले ब्याज तिर्ने समय थप गर्न गरेको माग पुरा भएको छ । 

यस्तै लघुवित्तहरुलाई पनि साउन समान्तसम्म प्राप्त भएको व्याज आम्दानीलाई अघिल्लो वर्षको आम्दानीमा देखाउन पाउने भएका छन् । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved