टिच फर नेपाललाई हिमालयन बैंकको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2019 | 08:53:51 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक Himalayan Bank Limited ले समुदायिक तथा सरकारी विद्यालयमा स्वयंसेवक शिक्षक पठाउनको लागी आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले टिच फर नेपाललाई ग्रामिण क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न विषयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयंसेवक शिक्षक पठाउनका लागी पाँच लाखबराबरको आर्थिक सहायता प्रदान गरेको हो । 

टिच फर नेपालले “एक दिन नेपालका सबै विद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्नेछन्” भन्ने नाराको साथ हालसम्म विभिन्न ६ जिल्लाका ६७ वटा विद्यालयमा २७० जना स्वयंसेवक शिक्षकहरु पठाई ३०००० भन्दा बढि विद्यार्थीहरुलाई विज्ञान, गणित, अंग्रेजी लगायतका विषयहरु पढाइरहेको जनाएको छ ।

बैंकका तर्फवाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले उक्त सहयोग रकम टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिसिर खनाललाई हस्तान्तरण गरेका छन् ।

बैंकले हाल ५९ वटा शाखा, १२१ एटिएम, २६०० भन्दा बढि कार्ड मर्चेन्ट र १३५०० भन्दा बढी विप्रेषण भुक्तानी काउन्टर मार्फत सेवा प्रदान गरिरहेको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved