बिजपाटी सम्बाददाता     Jul 18, 2019 | 02:14:17 PM



एनसीसी बैंक Nepal Credit & Commerce Bank Limited ले सानोठिमी प्राविधिक शिक्षालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले गत सोमबार शिक्षालयको हाताभित्र रहेको खुल्ला मंचमा ट्रष्ट र छाना निर्माणको लागी ५ लाख आर्थिक सहयोग प्रदान गरेको हो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपलब्ध गराईएको उक्त रकमको चेक एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले युसेप नेपालका उपाध्यक्ष पूर्णभद्र पौडेललाई हस्तान्तरण गरेका छन् ।

शिक्षालय न्यूनतम् सुविधाविहीन बालबालिकाहरुका लागि शैक्षिक कार्यक्रम (युसेप नेपाल) द्वारा संचालन भइरहेको संस्था हो ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7