ग्लोबल आइएमईबाट सस्तो कृषि कर्जा पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2019 | 04:54:14 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited र तरकारी तथा फलफूल व्यवसायीबीच सुलभ आवधिक कृषि कर्जा लगानीसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार व्यवसायीले सस्तो, सरल तथा सुलभ ब्याजदरमा बैंकबाट कर्जा प्राप्त गर्न सक्नेछन् ।

सम्झौताबाट नेपाल फलफुल थोक व्यवसायी संघ र तरकारी फलफुल थोक बजार व्यवसायीक संस्थामा आबद्ध करिब ७०० फलफुल तथा तरकारी व्यवसायीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । 

सम्झौतामा बैंकका सहायक महाप्रबन्धक सुरेन्द्रराज रेग्मी, नेपाल फलफुल थोक व्यवसायी संघका अमर बानियाँ तथा तरकारी फलफुल थोक बजार व्यवसायीक संस्थाका भरतप्रसाद खतिवडाले हस्ताक्षर गरेका छन् ।

बैंकले कृषि व्यवसाय तथा पेशामा संलग्न रहेका व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यले विगत देखि नै कृषि कर्जा प्रवाह गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved