मर्जमा जाने बैंकलाई ४ सहुलियत, २ मागबाट पछि हट्यो राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2019 | 12:45:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले मुख्यतः ४ प्रकारको सहुलियत दिएर बैंकहरुलाई मर्जमा जानलाई प्रोत्साहन गर्ने भएको छ । केन्द्रिय बैंकले मौद्रिक नीति मार्फत मर्जमा जाने बैंकहरुलाई स्प्रेड रेट, कुलिङ पिरियड, राष्ट्र बैंकले तोकेको प्राथमीकताप्राप्त कर्जामा, र शाखा विस्तार लगायतमा सहुलियत दिने भएको हो ।

यसअधि नेृपाल बैंकर्स संघले यसको साथै सिसिडि र संचालक समितिमा पनि सहुलियत भए मर्जरमा जान सकिने बताएको थियो । तर राष्ट्र बैंकले वासेल ३ मा भएको व्यवस्था अनुसार बैंकहरुलाई लिक्विडिटि कभरेज रेसियो लागु गर्दै सिसिडि रेसियोलाई फेज आउट गर्ने तयारीमा रहेकोले सिसिडिको विष्यमा कुनै सहुलियत नीति नदिने स्रोतले जनाएको छ ।

यस्तै संचालक समितिमा सहुलियत दिनको लागि पनि बैंक तथा वित्तीय संस्था ऐन (वाफिया) को नै संशोधन गर्नुपर्ने भएकोले यसमा पनि सहुलियत दिन नसक्ने यसअघि नै राष्ट्र बैंकको अधिकारीहरुले बताइसेका छन् । राष्ट्र बैंक स्रोतका अनुसार एक वर्ष भित्रमा मर्जरमा जाने बैंकहरुलाई सिसिडिमा ०.४ प्रतिशतले स्प्रेड रेटमा छुट दिने, प्राथमीकताप्राप्त क्षेत्रमा २५ प्रतिशत कर्जा नपुर्याउने बैंकलाई जरिवाना नगर्ने, कुलिङ पिरियड नलाग्ने र मर्जमा जाँदा दोहोरिएको शाखा स्थानान्तरण गर्न सहजिकरण गर्नुको साथै अनुमति लिनु नपर्ने नीति लिन लागेको छ ।

नेपाल राष्ट्र बैंकले गत आसार ३१ गते प्राथमिकताप्राप्त क्षेत्रमा २५ प्रतिशत कर्जा लगानी नगर्ने बैंकलाई जरिवाना गर्ने भन्दै सर्कुलर जारि गरेको थियो । बैंकहरु मर्जमा गए यस्तो जरिवानाबाट तिर्नु नपर्ने भएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved