नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष ७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका डा चिरन्जीवी नेपाल बुधबार अपरान्ह मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
मौद्रिक नीतिमा सर्वाधिक चासोको बिषयमा रहेको बिग मर्जरमा जान बैंकहरुलाई प्रोत्साहन गरिएको छ । केन्द्रिय बैंकले मौद्रिक नीति मार्फत मर्जमा जाने बैंकहरुलाई स्प्रेड रेट, कुलिङ पिरियड, राष्ट्र बैंकले तोकेको प्राथमीकताप्राप्त कर्जामा, र शाखा विस्तार लगायतमा सहुलियत दिने घोषणा गरेको हो ।
मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा चिरन्जीवी नेपालले निम्न ५ वटा सहुलियत दिने घोषणा गरेका हुन् ।
१. प्राथमिकता प्राप्त क्षेत्रमा गरिनु पर्ने न्युनतम लगानी २०७८ असार मसान्तसम्म कायम गरे हुने
२. २०७८ असार मसान्त सम्म स्प्रेड दर ४.४ कायम गरे हुने
३, शाखा खोल्न राष्ट्र बैंकको स्वीकृति नचाहिने
४. कार्यकारीहरुलाई कुलिंग पिरियड लागु नहुने
५. ऋणपत्रमा गरिनु पर्ने लगानी २०७८ असार मसान्त सम्म गरे हुने
२०७७ असार मसान्तसम्म एकिकृत कारोबार गर्नेले मात्र यी सुबिधा पाउने छन् ।
हेर्नुस मौद्रिक नीतिको पूर्ण पाठ :