एनआईसी एशियालाई उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2019 | 06:03:10 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड २०१८ बाट सम्मानित भएको छ । बैंकलाई मंगलबार आयोजित एक कार्यक्रममा द इन्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) ले उक्त अवार्ड  प्रदान गरेको हो ।

आइक्यानद्वारा आयोजित कार्यक्रममा माननीय अर्थमन्त्री युवराज खतिवडाले बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई उक्त अवार्ड प्रदान गरेका थिए । अन्य वाणिज्य बैंकहरुका वार्षिक वित्तीय प्रतिवेदनहरुलाई उछिन्दै बैंकले सो अवार्ड जित्न सफल भएको हो ।

आइक्यानले सन् २००३ देखि हरेक वर्ष विभिन्न विधामा सर्वोत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने संस्थाहरुलाई सम्मानित गर्दै आइरहेको छ । यस अवार्ड प्राप्त गर्ने वित्तीय संस्थालाई आफ्नो वार्षिक वित्तीय प्रतिवेदन सरोकारवाला व्यक्ति तथा निकायहरुलाई समयमै उपलब्ध गराउने र सर्वोत्कृष्ट वित्तीय पारदर्शिताको अभ्यास गर्ने संस्थाको रुपमा लिइन्छ । 

बैंकले हाल २९२ शाखा कार्यालय, ३१० एटिएम, ५१ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाई मार्फत सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved