कामना सेवाबाट आईएमई पेमा पैसा लोड गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2019 | 04:29:46 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले आईएमईको आईएमई पे डिजिटल वालेट सुविधा ग्राहकलाई प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको मोवाईल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ मार्फत आईएमई पे डिजिटल वालेटमा फण्ड लोड गर्न सक्नेछन् । 

आईएमई पे मार्फत ग्राहकले चन्द्रागिरी केवलकारको टिकटको भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टपअप गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरु गर्न सक्ने बैंकले जनाएको छ । 

बैंकले हाल ९७ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved