सिटिजन बैंकमा ४ सहायक सीईओ नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2019 | 04:29:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन बैंक इन्टरननेशन लिमिटेड Citizens Bank International Limited  ले चार जनालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। बैंकले हालका प्रमुख कर्जा अधिकृत  सुमित बाबु खत्री, प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले, प्रमुख जोखिम अधिकृत राजेन्द्र लाल श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उमंग शर्मालाई कात्तिक १ देखि लागू हुने गरि डिसीईओमा नियुक्त गरेको हो।  

“भित्र सिस्टम र बाहिर इमेज” को नारालाई आत्मसाथ गर्दै कार्यपथमा लम्कि रहेको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकिङ क्षेत्रमा रहेको उनीहरुको अनुभवले बैंकलाई थप उचाइँमा लैजाने विश्वास व्यक्त गरे। 

करिव १९ वर्षको बैंकिंग अनुभव भएका सुमित बाबु खत्रीले १५ वर्ष कर्जा विभागको विभिन्न ओहदामा रही कार्यसम्पादन गरि सकेका छन। प्रमुख कर्जा अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका सुमित बाबु खत्री अन्तर्गत हाल संस्थागत तथा व्यवसायिक बैंकिंग युनिट, उपभोक्ता बैंकिंग युनिट, एस. एम. ई. युनिट तथा सहवितियकरण र पूर्वाधार बैंकिंग युनिट रहेका छन्।  

१९ वर्षको बैंकिंग अनुभव भएका पारस कुमार काफ्ले विभिन्न ओहदामा रही बैंकिंग सेवा प्रवाह गरेका छन। शाखाको संचालन तथा व्यवस्थापन , निति नियमको अनुपालन , संस्थागत कर्जा तथा एस. एम. ई. कर्जा जस्तो क्षेत्रमा अब्बल रहनु भएका काफ्ले हाल प्रमुख संचालन अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका छन। 

करिव १९ वर्ष देखि बैंकिंग क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका राजेन्द्र लाल श्रेष्ठले विभिन्न ओहदामा रही कार्यसम्पादन गर्दै आएका छन।  शाखा संचालन ,ट्रेड प्रसाशन, जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्तो क्षेत्रमा उहाँको दक्ष्ता रहेको छ। हाल उहाँ बैंकको प्रमुख जोखिम अधिकृतको रुपमा कार्यरत छन। 

करिव १८ वर्ष देखि वाणिज्य बैंकमा सेवा प्रवाह गर्दै आएका उमंग शर्माले लामो समयसम्म कर्जा विभागमा काम गरेका छन। हाल उनि प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका छन।  हाल उनि अन्तर्गत मानव संसाधन विभाग, सामान्य सेवा विभाग, र कर्पोरेट कम्युनिकेशन विभाग रहेका छन् । उनि बैंकको  प्रवक्ता समेत छन।

सिटिजन बैंकले गत आर्थिक बर्ष ७० अर्ब ३५ करोड निक्षेप संकलन गरि ६२ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाह गरेको छ। यसबाट बैंकले दुई अर्ब ८१ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। हाल बैंकले ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकलाई बैंकिंग सेवा प्रदान गरिरहेको छ।       





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved