एनएमबिले डाक्यो बिशेष साधारण सभा, ओमको सेयरलाई प्रारम्भिक सहमतिकै मुल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2019 | 08:23:17 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबी NMB Bank Limited ले ओम डेभलपमेन्ट Om Development Bank Limited सँग मर्जरको लागि विशेष साधारणसभा बोलाएको छ । साधारणसभाले मर्जरको लागि शेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) अनुमोदन गर्ने छ। बैंकले साउन २८ गते स्टाफ कलेज जावलाखेलमा  साधारणसभा गर्न लागेको छ । 

गत जेठ २ गते मर्जमा जाने सहमति गरेका बैंकहरुले डिडिए रिपार्टको आधारमा स्वाप रेसियो तय गरेका हुन् । डिडिए रिपोर्टमा ओमको १० कित्ता शेयर बराबर एनएमबीको ७६ कित्ता आएको र प्रारम्भिक सहमति पनि ७६ मा नै भएकोले सोही अनुपातमा मर्जरको लागि स्वाप रेसियो साधारणसभाले अनुमोदन गर्ने ओम डेभलमेन्ट बैंकको सिइओ विश्व मोहन अधिकारीले बताउँछन् ।  

एनएमबी र ओमलाई यसअघि नै नेपाल राष्ट्र बैंकले मर्जरको सैद्धान्तिक सहमति दिसकेको छ । साउन २८ गते बस्ने बैंकको साधारणसभाले सम्पति तथा दायित्वको मूल्यांक (डिडिए) बाट आएको स्वाप रेसियोलाई अनुमोदन गर्नेछ । ओमले पनि स्वाप रेसियोको लाई विशेष सधारणसभाबाट अनुमोदन गराएर मर्जको अन्तिम स्वीकृतिको लागि राष्ट्र बैंकलाई पठाउने दुबै बैंकको उच्च स्रोतले जनाएको छ ।  

ओम डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट प्रस्ताव गरेको बोनस यसअघि नै रोक्का गरिसकेको छ । गत आर्थिक वर्षमा दुबै बैंकले कमाएको  मुनाफाबाट ओम र एनएमबी बैंका शे्यरधनीले बराबर बोनस पाउने गरि उक्त बोन रद्ध गरिएको ओम डेभलपमेन्ट बैंकले  बताएको थियो । 

मर्जर पछि बन्ने एनएमबी बैंकको चुक्ता पूँजी ११ अर्ब ५० करोड पुग्नेछ । हाल एनएमबी बैंकको ९ अर्ब ६१ करोड रुपैयाँ र ओमको दुई अर्ब ५१ करोड रुपैयाँ  चुक्ता पुँजी रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved