बैंकको सिइओ नियुक्ति गर्दा राष्ट्र बैंकको स्वीकृति अनिवार्य !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2019 | 02:08:37 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिमा नेपाल राष्ट्र बैंकले हस्तक्षेप गर्न सक्ने भएको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले नियामक निकाय राष्ट्र बैंकबाट स्वीकृत लिएपछि मात्रै बैंकहरुमा सिइओ नियुक्तको व्यवस्था लागू गर्न लागिएको बताएका छन् । 

संसदको सार्वजनिक लेखा समितिमा उपस्थित भएका गर्भनर डा. नेपालले बैंक तथा वित्तीय स्वच्छताका लागि सिइओको नियुक्तिमा राष्ट्र बैंकको स्वीकृति अनिवार्य गर्न लागिएको बताए । अब बैंकको संचालक समितिले सिफारिस गर्नु अगावै राष्ट्र बैंकले सिइओका लागि स्वीकृति दिनुपर्नेछ । उनका अनुसार यदि राष्ट्र बैंकले स्वीकृजत नदिए फेरि अर्को नाम सिफारिस गर्नुपर्दछ । 

समितिको बैठकमा सांसदहरुले बैंकिङ कसुर लागेका व्यक्तिहरु पनि प्रमुख कार्यकारी अधिकृत बनेको भन्दै गर्भनरलाई प्रश्न गरेका थिए । सांसद हृदयश त्रिपाठीले बैंकिङ कसुर लागेकालाई सिइओ नियुक्ती गर्दा पनि नियामकले कारबाही गर्न नसक्नुले शंका उत्पन्न भएको भन्दै शंसय व्यक्त गरे ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved