ग्लोबल आइएमईद्धारा हाथवेलाई गाभ्ने प्रस्ताव पारित, स्वाप कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2019 | 03:04:59 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited को विशेष साधारण सभाले हाथवे फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाले हाथवे फाइनान्सलाई प्राप्ति गर्ने सम्झौतापत्र स्वीकृत गर्दै कम्पनी एक्वाएरको अन्तिम स्वीकृति प्रदान गरेको छ । 

हाथवे फाइनान्स कम्पनीको १०० कित्ता शेयरलाई ग्लोबल आइएमई बैंकको ४२ कित्ता शेयर प्रदान गर्ने गरी शेयर स्वाप अनुपात स्वीकृत भएको छ । 

साधारण सभामा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमईले बैंकको शाखा सञ्जाल र पूँजीगत आधार गरी गुणस्तरीय सेवा प्रदान गर्न प्राप्तिमा गएको बताए । उनले सरकारले ठूला बैंकहरुलाई मर्जर गरी अर्थतन्त्रलाई मजबुद बनाउने नीतिलाई सफल पार्नु बैंकको कर्तव्य रहेको बताए । 

हाथवे फाइनान्सले पनि विशेष साधारण सभाबाट ग्लोबल आइएमईमा गाभिने प्रस्ताव पारित गरेको छ ।

हाथवे फाइनान्सको प्राप्ति पछि ग्लोबल आइएमईको चुक्ता पूँजी १० अर्ब ४३ करोड ६५ लाख रुपैयाँ पुग्नेछ । बैंकको शाखा संख्या १४१, कूल निक्षेप १२५ अर्ब, कूल कर्जा ११४ अर्ब भन्दा बढी पुग्नेछ । यस अघि ग्लोबल आइएमई बैंकले जनता बैंक नेपालसँग मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरी मर्जर प्रकृया अगाडि बढाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved