मुक्तिनाथ बैंकले ल्यायो नगद फिर्ता पाइने आवास कर्जा योजना, २ बर्षसम्म ब्याज फिक्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2019 | 12:59:09 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले विशेष प्रकारको आवास कर्जा सुविधाको सुरुवात गरेको छ । २० बर्षको लागि लिन सकिने गरि बैंकले आवास कर्जा योजना सुरु गरेको हो । 

यस योजनामा २ बर्षसम्म ब्याज परिवर्तन नहुने,  निशुल्क स्वास्थ्य त्तहा दुर्घटना बिमा पाइने, प्रिपेमेन्ट शुल्क नलाग्ने र समय मै किस्ता बुझाउदा सेवा शुल्क फिर्ता हुदै जाने बैंकले जनाएको छ । बैंकले यस योजनाको नारा समेत तय गरेको छ।बैंकले  ‘ आधाको ब्याज, आधाको किस्ता, साथमा पाउनुहोस नगद फिर्ता ’ नारा तय गरेको हो । जस अनुसार ग्राहकले १० बर्षसम्म अब्याज मात्र तिरेर त्यसपछि सावाँ वापतको किस्ता तिर्न सकिने बिकल्प समेत रहेको जनाएको छ । 

यस योजना अन्तर्गत ग्राहकले घर निर्माण, मर्मत, तला थप गर्न, कम्पाउण्ड लगाउन, घर फर्निसिङ्ग गर्न वा सोही प्रयोजनका लागि घडेरी खरीद गर्नका लागि आवश्यकता अनुसारको आवास कर्जा लिन सकिनेछ । 

त्यस्तै बैंकले सेयर धितो राखेर लिन मिल्ने सेयर कर्जा सुविधा पनि सञ्चालन गरेको छ । यो कर्जा, धितो राखेको सेयरको ६५% सम्मको कर्जा १ वर्षका लागि लिन सकिने बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved