७ दिन मै कृषि कर्जा दिन राष्ट्र बैंकको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2019 | 05:00:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैैंकले बैंक तथा वित्तीय संस्थालाई कृषि कर्जा लगानीमा लचकता अपनाउन निर्देशन दिएको छ । मौद्रिक नीतिमा उल्लेख भए अनुसार राष्ट्र बैंकले सोमबार सूचना जारी गरेरै १५ लाखसम्मको कृषि ऋण ७ दिनभित्रै उपलब्ध गराउन क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । 

बैंकले ऋण दिन नसक्ने अवस्था आएको खण्डमा दिन नमिल्ने कारण सहित ग्राहकलाई जानकारी दिन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । 

अब बैंक तथा वित्तीय संस्थाले कृषि ऋण प्रवाह गर्दा मोटरबाटो नपुगेको क्षेत्रको घरजग्गालाई पनि धितोको रुपमा स्वीकार गर्नुपर्ने र कर्जा दिनु पहिले कुनै पनि प्रकारको शुल्क लिन नपाउने भएका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved