प्राइमका सीईओ र एभरेष्ट बैंकका अध्यक्षको पद 'धराप'मा !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2019 | 06:16:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा पनि उमेरहद लागू गरेको छ। राष्ट्र बैंकले सोमबार सकुर्लर जारी गर्दै बैंक तथा वित्तीय संस्थाका संचालक र प्रमुख कार्यकारीको पनि उमेर हद लागू गरेको हो। 

नयाँ निर्देशनमा बैंकको संचालकको लागि ७० वर्ष र सिइओको लागि ६५ वर्षको उमेरहद कायम गरिएको छ। अव ७० वर्ष उमेर नाघेका ब्यक्ति बैंकका संचालक हुन नपाउने भएका छन भने ६५ वर्ष नाघेका ब्यक्ति बैंकको सिइओ नियुक्त अथवा पुन नियुक्त हुन नपाउने भएका छन्। 

हाल कार्यरत रहेको सिइओको उमेर भने ६९ वर्ष माथि भएको भएमा त्यस्ता ब्यक्ति पदमा वस्न स्वत: अयोग्य हुने राष्ट्र बैंकले जनाएको छ । यद्यपी २०७७ असार मसान्त सम्ममा मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल हुने बैंकलाई उक्त ब्यवस्था लागू नहुने राष्ट्र बैंकले निर्देशनमा उल्लेख गरेको छ । 

अब ६५ बर्ष नाघेको ब्यक्ति प्रमुख कार्यकारी अधिकृत हुन नपाउने भएको छ। पहिले नै नियुक्त भइसकेको ब्यक्तिले भने ६९ बर्षसम्म जागिर खान पाउने भएका छन्। सञ्चालक समितिमा ७० बर्ष नाघेपछि जान नपाइने भएको छ। यदि सञ्चालक भइसकेको भए उसले ७४ बर्षसम्म मात्र काम गर्न पाउने छ। 

उमेरहदको व्यवस्थाले आगामी ४ बर्षका लागि सीईओमा नियुक्त भएका  प्राइम बेंकका नारायण दास मानन्धर र एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको पद 'धराप' मा पर्ने देखिएको छ। मानन्धरलाई गत शुक्रबार बैंक सञ्चालक समितिले पुन चार बर्षका लागि प्रमुख कार्यकारी बनाएको थियो।     

त्यस्तै उमेर हदको ब्यवस्थाले बैंक अफ काठमान्डूका सीईओ शोभनदेव पन्त, सनराइज बैंकबाट भर्खरै रिटायर्ड भएका सीईओ रत्नराज बज्राचार्य लगायतका बैंकरहरु आगामी कार्यकाल अनिश्चित बन्ने देखिएको छ।      


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved