बोनस चाहने सेयरका लगानीकर्तालाई राष्ट्र बैंकको 'उपहार', यस्तो हुनेछ बाणिज्य बैंकको लाभांश

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 06, 2019 | 08:05:50 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक वित्तीय संस्था तथा सेयरबजारका लगानीकर्ताका लागि सामान्यतया साउनदेखि पुषसम्मको अवधिलाई प्रतिफल भित्र्याउने समयको रुपमा लिइन्छ। यो समयमा बैंक वित्तीय संस्थाहरुले गत आर्थिक बर्षको वित्तीय विवरण प्रकाशित गरेर संस्थाको प्रगतिसंगै मुनाफा समेत सार्वजनिक गर्दछन। 

वित्तीय सुशासन तथा सेयरधनीप्रति जिम्मेवार कम्पनीहरुले समयमै अर्थात चालु आर्थिक बर्षको पहिलो महिनामै प्रगति विवरण सार्वजनिक गरेर संस्थाको वित्तीय अवस्थाबारे जानकारी दिनेगर्दछन। यहि क्रमलाई निरंतरता दिंदै केहि बैंक वित्तीय संस्थाले गत आर्थिक बर्षको प्रगति विवरण प्रकाशित गरिसकेका छन भने केहि सार्वजनिक गर्ने क्रममा छन। 

विवरण सार्वजनिक हुँदै गर्दा सेयरधनीमा सम्बन्धित कम्पनीले लाभांश कति र कसरि दिन्छ भन्ने चाँसो बढेको देखिन्छ। त्यसमा पनि नियामकका बिभिन्न नीतिगत व्यवस्थाका कारण समेत सेयरधनीमा कम्पनीले वितरण गर्ने प्रतिफलको रुप कस्तो हुन्छ भन्ने जिज्ञासा बढेको छ। 

संस्थापक सेयरधनीहरुले लाभांशमा नगदको अपेक्षा गरेका हुन्छन भने सेयरबजारका लगानीकर्ताको चाहना बोनस हुन्छ। तर सोमबार नेपाल राष्ट्र बैंकले जारि गरेको निर्देशिकाले बफर पुंजीकोषको व्यवस्था गरेसंगै सेयरबजारका बोनस चाहने लगानीकर्तालाई खुसि मिलेको छ।  

राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफर अनुपात २ प्रतिशत कायम गरेको छ। अहिले १० प्रतिशत अनुपात रहेकोमा राष्ट्र बैंकको संसोधित निर्देशन अनुसार अब १२ प्रतिशत कायम गर्नुपर्ने हुन्छ। यद्दपी लाभांश बाड्नको लागि बिगतमा १० प्लस १ अनुपात कायम गर्नुपर्नेमा अब भने १३ प्रतिशत कायम गर्नुपर्ने हुन्छ। 

बैंकहरुलाई १३ प्रतिशत कायम गर्ने समय चालू आर्थिक बर्षको अन्त्य अर्थात यस आर्थिक बर्षको असार मसान्तसम्म दिइएको छ। २०७७ असार मसान्तसम्म यो बफर पुंजीकोष कायम नगरेमा बैंकहरुले नगद लाभांश वितरण गर्न पाउने छैनन। अधिकांश बैंक वित्तीय संस्थाहरुले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्न बाँकी रहेकाले चैत मसान्तसम्मको पुंजीकोषलाई आधार मान्दा करिब १४ वटा बैंकहरुको पुंजीकोष अनुपात १३ प्रतिशत भन्दा तल देखिन्छ।

राष्ट्र बैंकको पछिल्लो निर्देशनअनुसार बैंकहरुले लाभांश बाड्नको लागि पूँजीकोष अनुपात १३ प्रतिशत कायम राख्नुपर्ने हुन्छ। यसलाई आधार मान्ने हो भने १४ वटा बाणिज्य बैंकले नगद लाभांश वितरण गर्न पाउनेछैनन। यद्दपी पुंजीकोष १३ प्रतिशत भन्दा बढी हुँदैमा बैंकहरुले बोनस सेयरलाई नै प्राथमिकतामा राख्छन भन्ने हुदैन। जो पुराना र ठुला छन उनीहरु ८ अर्ब पुंजीमा मात्रै सिमित नहुने भएकाले लाभांश दिंदा बोनस सेयर समेत  दिन सक्छन।

सेयरबजारमा आफ्नो बलियो उपस्तिथी देखाउनका लागि बलियो नेटवर्थ बनाउनलाई समेत केहि बैंकले ६० प्रतिशत नगद लाभांश दिन सक्ने क्षमता भएपनि बोनस सेयर सहितको लाभांश दिदै आएका छन।     

संस्थापिच्छे लाभांश नीति फरक हुने भएकाले बैंक वित्तीय सँस्थाको बिगतको इतिहास र अबको रणनीति पनि महत्त्वपूर्ण हुन्छ । केहि बैंकमा जति कमाए उति खाउँ बाडौं भन्ने देखिन्छ भने केहिमा बढ्दो ट्रेन्डको लाभांश दिएर सेयरधनीलाई खुसि राखौं भन्ने हुन्छ। त्यस्तै केहि बैंक वित्तीय संस्थामा निश्चित अनुपातमा लाभांश वितरण गर्ने रणनीति हुन्छ भने केहीमा जति कमाए पनि थोरै नगद बाँडेर बोनस मार्फत पुंजी बढाउँ भन्ने हुन्छ। कहिले राम्रै अंकको नगद लाभांश दिन सक्ने भएपनि पुंजी वृद्धिलाई प्राथमिकतामा राखेर मिश्रित लाभांश अर्थात नगद र बोनस दिने नीति हुन्छ। त्यसैले सेयरमा लगानी गर्दा नगद वा बोनस वा मिश्रित कस्तो लाभांश अपेक्षा गरेको हो त्यस्तै नीति लिएका संस्थामा लगानी गर्ने हो भने अपेक्षा पुरा हुने देखिन्छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved