झापाको हलदीबारीमा सनराइज बैंकको शाखा रहित बैंकिङ्ग सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2019 | 04:29:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले झापाको हलदीबारीमा शाखा रहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । यो बैंकको ३८ औँ शाखा रहित बैंकिङ्ग सेवा हो । उक्त शाखा रहित बैंकिङ्ग सेवाको हलदीबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङ्घदेन र बैंकको प्रादेशिक कार्यालय १ प्रमुख विवेक कुमार निरौलाले उद्घाटन गरे । 

बैंकले हाल ११५ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३३ वटा ए.टि.एम मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved