बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Aug 08, 2019 | 05:07:34 PM



एनआईसी एशिया बैंक NIC Asia Bank Limited का ग्राहकलाई बुटवलको चौराहा हस्पिटलमा छुट हुने भएको छ । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीहरुलाई चौराहा हस्पिटलमा उपचार गराउँदा १० प्रतिशत सम्मको छुट हुने भएको हो । 

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलक सुन्दर कार्की र अस्पतालको तर्फबाट अध्यक्ष सुदन ज्ञवालीले हस्ताक्षर गरे । 

बैंकले हाल २९५ शाखा, ३२१ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7