१७ बर्षअघि राष्ट्र बैंक प्रवेश गरेका मिश्रको कार्यकारी निर्देशकमा बढुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2019 | 05:48:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्र्यौट विभागमा सरुवा भएका बमबहादुर मिश्र कार्यकारी निर्देशकमा बढुवा भएका छन। राष्ट्र बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले मिश्रलाई कामु कार्यकारी निर्देशकबाट कार्यकारीमा बढुवा गरेको हो। 

राष्ट्र बैंकका पांच जना कार्यकारी निर्देशकले गत चैतमा अवकाश पाएसंगै मिश्रले नियमन विभागमा कामु कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए। उनले करिब ४ महिना नियमन विभागको नेतृत्व गरेका हुन। 

१६ बर्ष ११ महिनाअघि सहायक निर्देशकबाट राष्ट्र बैंकको सुपरिवेक्षण बिभागबाट जागिर सुरु गरेका मिश्रसंग बिदेशी विनिमय र ट्रेड फाइनान्सबारे बिशेष दखल रहेको छ। ४६ बर्ष उमेर पुगेका मिश्रसंग नबिल र एनआईसी बैंकमा बित्त तथा आन्तरिक लेखापरीक्षण बिभागमा करिब ८ बर्ष बढी काम गरेको अनुभव समेत रहेको छ।    

अस्कल कलेजबाट बिएससी गरेका मिश्रले त्रिभुवन विश्वबिद्यालयबाट एमबिए गरेका छन भने जापानबाट आर्थिक नीतिमा एमफिल गरेका छन्। त्यस्तै मिश्रले त्रिभुवन विश्वबिद्यालयबाट नै एलएलबि समेत गरेका छन। 

   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved