मर्जरमा जाने बैंकका सञ्चालक र सीईओको उमेर हदमा पुनरावलोकनको संकेत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2019 | 12:06:29 PM मा प्रकाशित

laxmi  sunrise bank

उमेरहदको विषयलाई लिएर नेपाल राष्ट्र बैंकको बोर्ड बैठक मै संचालकहरु बीच विवाद देखिएको छ । बिहिबार बेलुका भएको बोर्ड बैठकमा संचालकहरु बिच यस विषयमा विवाद देखिएको हो ।

राष्ट्र बैंकले बैंकका संचालक र प्रमुख कार्यकारी अधिकृतको लागि उमेरहद तोकेपछि विवाद उत्पन्न भएको हो । एक समुहले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन बाफिया संशोधनको क्रममा रहेको बेला अचानक बोर्डमा नै छलफल नगरी निर्णय गरेको भन्दै अशन्तुष्टी जनाएको स्रोतले भनाई छ । 

राष्ट्र बैंकका सञ्चालक डा. श्रीराम पौडेल बोर्डमा नै छलफल नगरी जारी गरेकोमा असन्तुष्टी जनाउँदै अब ल्याएको नीतिबाट ब्याक हुँदा केन्द्रिय बैंकको निर्णय क्षमतामा नै प्रश्न उठ्न सक्ने र राष्ट्र बैंकप्रति गलत नजिर बस्ने भएकोले अब यसका कुनै पुर्नविचार गर्न नहुने बताएको स्रोतको दावी छ । तर राष्ट्र बैंककै एक समुहले भने उमेरहदकै कारण राष्ट्र बैंकको मर्जर बाट बैंकको संख्या घटाउने योजना प्रभावित हुनसक्ने भन्दै यसमा पुर्नविचार गर्नुपर्ने पक्षमा रहेको बताइन्छ ।  

बैंकहरुलाई मर्जरमा जानको लागि प्रोत्साहन गरिएको र बैंकहरुले त्यसको तयारी गरिरहेको बेला उमेरहद निर्णयले बैंकहरु मजर्रबाट ब्याक हुन सक्ने भन्दै बोर्ड बैंठकमा छलफल भएपछि राष्ट्र बैंकको सञ्चालक दुई धारमा बाँडीएको स्रोतको दावि छ ।  

डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी पनि मर्जरमा बाधा पुग्न सक्ने भन्दै  बैंकहरुले मर्जरमा जाँने बैंकलाई उमेरहद लागु नहुने ब्यवस्था गर्न माग गरिरहेको बताउँछन् । त्यसमा के गर्ने भन्ने विषयमा राष्ट्र बैंकले छलफल गर्ने उनले बिजपाटीलाई बताए । तर जारी गरिसकेको परिपत्रमा कार्यन्वयनमा राष्ट्र बैंकले कुनै कसर बाँकी नराख्ने उनले दावी गरे । 

गत बधबार बसेको बैंकर्स संघको निर्णय सकिपछि अध्क्षको नेतृत्वमा बैंकर्सको एउटा टोलि नेपाल राष्ट्र बैंक पुगेको थियो । उक्त टोलिले गभर्नर सहित डेपुटी गभर्नर शिवराज क्षेष्ठ र नियमन विभागका प्रमुख सँग छलफल गरेका थिए । बैंकर्सको टोलिले गभर्नर नेपाललाई स्प्रेड रेट गणना विधिमा भएको परिवर्तनले बैंकहरु चल्ल नसक्ने अवस्थामा पुग्ने भन्दै त्यसमा पुर्नविचार गर्न आग्रह गरेका थिए । उक्त भेटमा उमेरहदको कारण मर्जर पनि प्रभावित हुन सक्ने भएकोले मर्जरमा जाने बैंकलाई उमेहदमा पुर्नविचार गर्न बैंकर्सले राष्ट्र बैंकलाई आग्रह गरेको स्रोतको  दावि छ । 

गभर्नरले बैंकर्सहरुसँगको भेटमा नियमन विभागसँग बसेर यस विषयमा छलफल गर्न निर्देशन समेत दिएको एक बैंकर्सले बताए । तर त्यसपछि राष्ट्र बैंककका अधिकारी र बैंकर्स विच कुनै पनि सम्वाद नभएको उनको भनाई छ । सोही भेटमा भएको छलफल अनुसार नै विहिबार बसेको राष्ट्र बैंकको संचालक समितिको बैंठकमा उमेरहदको कुरा उठेको स्रोतको दावि छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved