किन छाडे डेपुटी सीईओ जीवन भट्टराइले सेन्चुरी बैंक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2019 | 10:31:13 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी कमर्शियल बैंकको स्थापनाकालदेखि नै कार्यरत जीवन भट्टराईले सहायक प्रमुख कार्यकारीको पदबाट राजिनामा दिएका दिएका छन। आफुले गत शुक्रबारदखि नै हाजिर नहुनेगरि बैंकलाई ३ महिनाअघि नै जानकारी दिएको भट्टराइले बिजपाटी डटकमलाई बताएका छन। 

पीएचडी अध्ययन गर्नलाई अमेरिका जाने उदेश्यले आफुले बैंकबाट राजिनामा दिएको भट्टराइले बताएका छन। 'कति बैंकर मात्र बन्ने अब अर्थशास्त्री पनि बन्नु पर्यो, त्यहि भएर पीएचडी अध्ययनको लागि सेन्चुरी बैंक छाड्ने निर्णय गरेको हो' उनले भने। हिमालयन बैंकबाट बैंकिंङ करियर सुरु गरेका भट्टराइले त्यहाँ ५ बर्ष बिताएर त्यसपछि सिद्दार्थ हुँदै ९ बर्षअघि एजीएमका रुपमा सेन्चुरी पुगेका हुन। भट्टराइलाई बैंकिंङ बुझेका राम्रा बैंकरको रुपमा लिइन्छ।   

भट्टराइले पीएचडीको लागि राजिनामा दिएको बताएपनि बैंकभित्रका उच्च तहका कर्मचारीसंगको खटपटले राजिनामा दिएको बैंक स्रोतले जनाएको छ। बैंकका सीईओ तुलसीराम गौतमसंग समेत उनको खटपट हुने गरेकाले असन्तुष्ट भई उनले बैंकबाट राजिनामा दिएको बैंक स्रोतको दाबि छ।   

   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved