राष्ट्रिय वाणिज्य बैंक पनि कनेक्ट आइपिएसमा आबद्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2019 | 05:14:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपिएस इ पेमेन्ट प्रणालीमा राष्ट्रिय वाणिज्य बैंक आबद्ध भएको छ । यस प्रणालीमार्फत ग्राहकहरुले आफ्नो बैंक खाताबाट अनलाइन भुक्तानि कारोबार गर्न सक्नेछन् ।

यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु प्राप्त गर्न सक्नेछन् । यस प्रणालीबाट नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीे लगायत अन्य विभिन्न सेवाप्रदायकहरुलाई भुक्तानी गर्न सकिनेछ । 

उक्त प्रणाली सेवाप्रदायकहरुको पोर्टलमा पेमेन्ट प्रोसेसरको (गेटवे) रुपमा समेत जडान गरीएको छ र सेवाप्रदायकको ग्राहकहरुले कनेक्ट आइपिएस छनौट गरी भुक्तानी गर्न सक्ने व्यवस्था रहेको छ । यस प्रणालीमा हाल सम्म ५७ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकोमा हाल सम्म ५२ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त सेवा प्रवाह भइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved