लुम्बिनी विकास बैंकको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2019 | 04:10:57 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंकले १७.०७ प्रतिशत वोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको ११ औं वार्षिक साधारण सभाले यो प्रस्ताव पारित गरेको हो । बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख पुग्नेछ ।

साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्ष शुशिलराज पराजुलीको प्रतिवेदन, आ.व २०७५ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाहको विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ ।

बैंकले हाल ६५ शाखाहरु र १३ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved