बैंकहरुको बाँड्न मिल्ने नाफा ४८ अर्ब, ८ बाणिज्य बैंकलाई नगद भन्दा बोनस सेयरको दबाब (रिपोर्ट)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2019 | 08:46:25 AM मा प्रकाशित

laxmi  sunrise bank

संचालनमा रहेका २८ वटै वाणिज्य बैंकले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । अपरिस्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको बैंकहरुको खुद मुनाफा ६५ अर्ब ४० करोड भन्दा माथि पुगेको छ । जुन आर्थिक वर्ष २०७४/०७५ को भन्दा २५.१० प्रतिशतले बढी हो । 

२ खर्ब ५२ अर्ब २६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको वाणिज्य बैंकको शेयरधनीलाई बाँड्न मिल्ने वितरणयोग्य मुनाफा भने ४७ अर्ब ६७ करोड माथि रहेको छ । बैंकहरुले  आर्थिक वर्षमा कमाएको मुनाफा र बैंकहरुको चुक्ता पुँजीको आधारमा लगानीकर्ताले औषतमा १८ प्रतिशत लाभांश पाउन सक्ने देखिन्छ । यद्यपी बैंकहरुको अपरिसस्कृत वित्तीय विवरण भएकोले लेखापरिक्षण पछिको मुनाफा र बैंकहरुको विगतको सञ्चितीले लाभाशं क्षमतामा प्रभाव पार्न सक्छ । यसमा सबैभन्दा धेरै नाफा कमाएको र साधारण शेयर नभएको राष्ट्रिय वाणिज्य बैंकको पनि विवरण समावेश गरिएको छ । 

नाफामा सरकारी बैंक अगाडी

३ वटा बैंकले ४ अर्ब भन्दा माथि नाफा कमाएका छन् । त्यसमा २ वटा सरकारी लगानीका बैंक रहेका छन् । राष्ट्रिय बाणिज्य बैङ्क सर्वाधिक ५ अर्ब ३२ करोड मुनाफा आर्जन गर्दा सरकारी लगानीको कृषि विकास बैंकले ४ अर्ब ३५ करोड र नीजि लगानीको नविल बैकले ४ अर्ब २९ करोड नाफा कमाएको छ ।   

निक्षेप, कर्जा तथा मुनाफामा राष्ट्रिय वाणिज्य बैंक पहिलो नंम्बरमा रहेको छ । बैंकको निक्षेप १ खर्ब ९० अर्ब माथि पुग्दा कर्जा लगानी १ खर्ब ४४ अर्ब पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकलाई निक्षेप र कर्जामा नीजि क्षेत्रको एनआइसी एशिया बैंकले पछ्याइरहेको छ । बैंकले १ खर्ब ७६ अर्ब निक्षेप संकलन गर्दा १ खर्ब ४२ अर्ब कर्जा लगानी गरेको छ । यस्तै नीजि क्षेत्रकौ अर्को नविल बैंक्ले १ खर्ब ६४ अर्ब निक्षेप संकलन गरेर १ खर्ब २९ अर्ब कर्जा लगानी गरेको छ । 

निरन्तर रुपमा लगानीयोग्य तरलता अभाव झेलिरहेका बैंकहरुको कर्जा लगानी भने १७.३४ प्रतिशतले वृद्धि भएको छ ।  गत असार मसान्तसम्म  वाणिज्य बैंकले २३ खर्ब ९७ अर्ब २५ करोड भन्दा माथि कर्जा लगानी गरेका छन् । सोही अवधिमा बैंकहरुको निक्षेप भने १६.७८ प्रतिशतले वद्धि भएर २७ खर्ब ९० अर्ब ४१ करोड पुगेको छ । २०७४/०७५ मा बैंकहरुको निक्षेप २३ खर्ब ८९ अर्ब ३८ करोड रहेको थियो ।  

३ बैंकको नाफा घट्यो 

समिक्षा अवधिमा ३ बैंकको  मुनाफा घटेको छ । नाफा घट्ने बैंकमा नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सेञ्चुरी कमर्सियल बैंक रहेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक र सेञ्चुरी बैंकको नाफा खराब कर्जा बढेको र त्यसको प्रोभिजनको लागि रकम विनीयोजन गर्दा घट्न पुगेको हो । 

नेपाल बैंकले अघिल्लो आर्थिक वर्षमा ठुलो मात्रमा खराब कर्जा असुल गर्दा नाफा बढेको थियो भने गत बर्ष सञ्चालन आम्दानी मात्र आर्जन गर्दा मुनाफा घटेको हो । यसको साथै बैंकको कोषको लागत कम हुँदा आधार ब्याजदर पनि कम रहेको थियो जसले गर्दा बढी स्प्रेड रेटमा कर्जा लगानी गरेको थियो तर नेपाल राष्ट्र बैंकले गत असार मसान्त सम्म ५ प्रतिशत स्प्रेड कायम गर्न निर्देशन दिएको थियो ।  जसको कारणले गर्दा बैंकले स्प्रेड रेट कायमा गर्न कम मार्जिनमा कर्जा लगानी गर्यो र त्यसको असर पनि मुनाफामा परेको हो । 

८ वटा बैंकलाई पुँजीकोषको समस्या

नेपाल राष्ट्र बकैंले चालु आर्थिक वर्षबाट जोखिम ब्यवस्थापनको लागि भन्दै काउन्टर साइक्लिकल बफर कार्यन्वयनमा ल्याएको छ । काउन्टर साइक्लिकल बफर कार्यन्वयनमा आएसँगै बैंकहरुले थप २  प्रतिशत पुँजीकोष कायम गर्नुपर्ने हुन्छ । यसअघि बैंकहरुले १० प्रतिशत पुँजीकोष कायम गर्नुपर्ने र लाभांश वितरणको लागि थप ११ प्रतिशत पुँजीकोष कायम गर्नुपर्ने हुन्छ । अब बैंकहरुले न्युनतम १२ प्रतिशत र लाभाशं वितरण गर्नको लागि १ प्रतिशत अतिरित्त पुँजीकोष कायम गर्नुपर्ने भएको छ । यसको मतलब १३ प्रतिशत भन्दा कम पुँजीकोष भएका बैंकहरुले नगद लाभाशै वितरण गर्न पाउँदैनन् । 

गत असार मसान्त सम्मको विवरण अनुसार ८ वटा बैंकको पुँजीकोष १३ प्रतिशत भन्दा कम रहेको छ र १३ प्रतिशत भन्दा कम पुँजीकोष भएका बैंकहरुमा नविल, हिमालयन, ग्लोबल आइएमई, प्राइम कमर्सियल, प्रभु, माछापुच्छ्रे, लक्ष्मी र कुमारी बैंक रहेका छन् । यि बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट नगद भन्दा बोनस लाभांशमा फोकस गर्ने देखिन्छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved