वाणिज्य बैंकको ब्राण्ड एम्बास्डर बनिन मिस नेपाल अनुष्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2019 | 04:37:36 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले मिस नेपाल अनुष्का श्रेष्ठलाई ब्रान्ड एम्बास्डरमा नियुक्त गरेको छ । बैंकले सोमबार आयोजित एक कार्यक्रममा श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो । उक्त नियुक्ती पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गरे ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत क्षेष्ठले बैंकमा युवा पुस्ताको आकर्षण बढाउन मिस नेपाललाई ब्रान्ड एम्बास्डर नियुक्त गरिएको बताए । राष्ट्रिय वाािणज्य बैंकलाई बुढाहरुको बैंक भन्ने भ्रम त्याग्न पनि उनले आग्रह गरे । युवापुस्तालाई बैंकप्रति आकर्षण बढाउन मिस नेपाललाई ब्रान्ड एम्बास्डर नियुक्त गरिएको बैकले जनाएको छ । बैंकमा ३१ लाख निक्षेप खाता तथा ११ लाख भन्दा बढी मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगकर्ता र १६० हजार कर्जा ग्राहक छन् । 

मिस नेपाल २०१९ एवम् रा.वा. बैंककी नवनियुक्त ब्रण्ड एम्बास्डर अनुष्का श्रेष्ठले आफु सरकारी स्वमात्विको बैंकको ब्रान्ड एम्बास्डर हुन पाउँदा खुशी लागेको बताईन । आफुसँग बैंकमा नै काम गरेको अनुभव रहेको सुनाउँदै श्रेष्ठले समग्र बैंकिङ क्षेत्रको प्रवर्दन गर्न प्रयास गर्ने उनको भनाई छ ।

बैंकले गत आर्थिक वर्षमा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया र बेस रेट ५.५० प्रतिशत रहेको छ । बैंकले ७७ वटै जिल्लामा २२२ वटा शाखा, १७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्गमार्फत सेवा प्रदान गरिरहेको छ । 

भिडियोः 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved