प्याबशनका सदस्यलाई एभरेष्ट बैंकले सहुलियत दरमा ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2019 | 06:03:17 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक Everest Bank Limited  ले नेशनल प्राइभेट एण्ड बोर्डिङ स्कुल एशोसियशन नेपाल (नेशनल प्याबशन) सँग सम्बन्ध विकास र विस्तार समबन्धि सम्झौता गरेको छ । सम्झौतामा एभरेष्टका सिईओ सोमेश्वर सेठ तथा प्याबशनका अध्यक्ष रितु राज सापकोटाले हस्ताक्षर गरेका छन । 

 सम्झौता अनुसार नेशनल प्याबशनले सदस्य स्कुलहरुमा एभरेष्ट बैंक लिमिटेडको उत्पादन र सेवाहरु प्रवद्र्धन गर्न सहयोग गर्ने छ । साथै बैंकले नेशनल प्याबशनको जिल्ला शाखाको सिफारिसमा नेशनल प्याबशनको सदस्य स्कुलहरुलाई बेस रेटमा २.५० प्रतिशत थपेर १०.६२ प्रतिशत ब्याजदरमा आरओआईमा एसएमई ऋण दिने छ । साथै दुई संस्थाबीच दिर्घकालिन सहकार्यसम्बन्धी अन्य विभिन्न विषयहरुमा पनि सम्झौता भएको बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved