सनराइज बैंक Sunrise Bank Limited ले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ३ अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । 'सनराइज डिबेञ्चर २०८३' नाम दिईएको उक्त ऋणपत्रको अवधि ७ बर्षको रहने छ। ऋणपत्रमा अर्थवार्षिक रुपमा भुक्तान हुने गरी १०.२५ प्रतिशत वार्षिक व्याजदर प्रदान गरिने बैंकले जनाएको छ ।
ऋणपत्र निष्काशनको लागि बैंकले सिद्धार्थ क्यापिटल Siddhartha Capital Ltd लाई बिक्रि प्रबन्धक चयन गरेको छ । बिक्रि प्रबन्धक सम्बन्धि सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमिल्सिनाले हस्ताक्षर गरेका हुन् ।