एनएमबी र ओमबीच कर्मचारी समायोजनमा खटपट, अमान्य प्रस्तावले सीईओ अधिकारि 'आउट'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2019 | 06:22:36 PM मा प्रकाशित

laxmi  sunrise bank

मर्जर प्रकृयामा रहेको ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले एनएमबि बैंकमा निरन्तरता नदिने भएका छन। एनएमबि बैंकबाट 'अमान्य' प्रस्ताब आएकाले अधिकारीले मर्जर पछि बन्ने एनएमबि बैंकमा नरहने निर्णय गरेको स्रोतको भनाई छ। 

डेपुटीको पदमा कुरा नमिलेकाले भिआरएस लिएर बाहीरिने सहमति भएको स्रोतको भनाई छ। यद्दपी यसबारे ओमका सिइओ विश्व मोहन अधिकारिसंग कुरा गर्दा मर्जर प्रकृया अन्तिम चरणमा रहेकाले आफुले यसबारे केहि नबोल्ने बताएका छन। विशेष साधारणसभामा नै एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानले ओमका सिइओ मर्जर पछी बैंकमा नरहने बताएका थिए।  

यता एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केशीले कर्मचारी समायोजनमा मोटामोटी सहमति जुटेको बिजपाटीलाई बताएका छन। कर्मचारी समायोजन अन्तिम चरणमा पुगेको र एकदुई दिनमा नै समायोजन टुङगीएपछी स्वीकृतिको लागि राष्ट्र बैंक पठाउने उनले बताए।

हाल ओम डेभलपमेन्ट बैंकमा ४ सय ४३ जना कर्मचारी कार्यरत रहेकोमा म्यासेन्जर तथा कार्यलय सहयोगी लगायतका ७० जना कर्मचारीलाइ पनि भिआरएस दिने र अन्यलाई एक तह घटुवा गरी समायोजन गर्ने सहमति भएको स्रोतको भनाई छ। भिआरएस दिएका ७० जना कर्मचारीलाई पनि पछी आउटसोर्सिङबाट ल्याउने सहमति भएको बताइएको छ। ओम डेभलपमेन्ट बैंकका कर्मचारीलाई सम्मानजनक समायोजन सहीत पायक पर्ने स्थानमा खटाउने सहमति भएको स्रोतको भनाइ छ।

ओमका डेपुटी सिइओ बुद्धि मल्ललाई कसरी समायोजन गर्ने भन्ने विषमा भने केही अन्यौलता रहेको बताइन्छ । स्रोतका अनुसार एनएमबी बैंकले मल्ललाई चिफ म्यानेजर दिने प्रस्ताव गरेको तर ओम डेभलपमन्ट बैंकले भने कुनै एउटा विभागको प्रमुख हुने गरी सहायक सामान्य व्यवस्थापक  दिनुपर्ने माग गरेको स्रोतको दाबी छ ।  

एनएमबि र ओमले भदौ भित्रैमा एकिकृत कारोबार सुरु गर्ने भएका छन। राष्ट्र बैंकले स्वीकृत दिएमा भदौ २५ गते एकिकृत कारोबार सुरु गर्ने गरि प्रकृया अघि बढेको बताईएको छ। 

प्राइमसँग मर्जर तोडेको ओम डेभलपमेन्ट बैंकले गत जेठ २ गते एनएमबी सँग मर्जरमा जाने सम्झौता गरेको थियो । डिडिए बाट शेयर आदानप्रदान (स्वाप) रेसियो तय गरेका बैंकहरुले ओमको १० बराबर एनएमबीको ७६ कित्ता शेयर हुने गरि मर्जमा जान लागेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved