राष्ट्रिय बाणिज्य बैंकलाई सेयर ब्रोकर र बजार निर्माताको काम गर्ने बाटो खुल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2019 | 02:21:07 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बाणिज्य बैंकले धितोपत्र दलाल, धितोपत्र ब्यापारी तथा बजार निर्माता सम्बन्धि कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने सम्बन्धमा विशेष प्रस्ताब पारित गरेको छ। बैंकको आज भदौ ५ गतेको बिशेष साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो।   

बैंकले विभिन्न सहायक कम्पनी मार्फत ब्यवसाय गरी आर्थिक सबलीकरणमा सहयोग पुर्याउने रणनीति अनुसार धितोपत्र दलाल, धितोपत्र ब्यापारी तथा बजार निर्माता सम्बन्धि कार्य गर्न लागेको बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले जनाएका छन।   

बैंकले हाल सातै प्रदेश, ७७ जिल्लामा २२२ वटा शाखा कार्यालय, १७८ वटा एटिएम, ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ । चालु आर्थिक बर्षको चौथो त्रैमाससम्म बैंकले १ खर्व ९० अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्व रुपैंया कर्जा लगानी गरेको छ। बैंकले गत आर्थिक बर्ष  ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा आर्जन गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved