बिजपाटी सम्बाददाता     Aug 22, 2019 | 06:17:27 PM



कुमारी बैंक Kumari Bank Limited का ग्राहकलाई चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलमा छुट हुने भएको छ । बैंक र हस्पिटलबीच सम्झौता भएसँगै बैंकका ग्राहकलाई छुट हुने भएको हो । सम्झौता अनुसार ओम समाज डेन्टल हस्पिटलका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट पाउने छन् ।

सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुवास घिमिरेले हस्ताक्षर गरेका छन् ।

हाल बैंकले १०३ शाखा, ९२ एटिएम, ३ शाखारहित ईकाई तथा ३ एक्सटेनसन काउन्टरमार्फत सेवा दिँदै आएको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7