३ महिनामा सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2019 | 03:55:08 PM मा प्रकाशित

laxmi  sunrise bank

अबको ३ महिना भित्रैमा सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्ने भएको छ । अर्थ मन्त्रालयमा  शुक्रबार आयोजित अन्तर सरकारी वित्त आयोगको बैंठकमा मन्त्रालयले ३ महीना भित्रमा सबै स्थानीय तहमा बैंक शाखा पुग्ने बताएको हो ।

हाल ७३५ स्थानीय तहमा बैंक पुगिसकेकोले अगामी ३ महीना भित्रमा ७५३ वटै स्थानीय तहमा बैंक शाखा पुग्ने मन्त्रालयले जनाएको हो  । २०७५ असार मसान्तमा ४२४ स्थानीय तहमा बैंक शाखा रहेकोमा एक वर्षमा नै बैंकहरुले २११ स्थानीय तहमा शाखा स्थापना गरेका हुन ।

यस्तै असोज मसान्त भित्रैमा ७ वटै प्रदेशमा राष्ट्र बैंकको प्रादेशिक कार्यलय हुने मन्त्रालयले जनाएको छ । हाल कर्णाली प्रदेश बाहेक अन्य प्रदेशमा राष्ट्र बैंकको कार्यलय रहेको र कर्णाली प्रदेशको सुर्खेतमा आसोज मसान्त भित्रमा राष्ट्र बैंकको कार्यलय स्थापना हुने मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयले व्याज अनुदानको सहुलियत कर्जा पनि प्रभावकारी हुन नसकेको बताएको छ । यसलाई प्रभावकारी बनाउने कार्यविधीमा सरलिकृत बनाउनु पर्ने प्रस्ताव पनि बैठकमा राखेको छ । कार्यक्रम सुरु भएपछी गत जेठसम्ममा जम्मा १६ हजार ६ सय ८१ जनाले ३४ अर्ब ८१ करोड सहुलियत कर्जा लिएका छन् । उक्त सहुलियत कर्जाको लागि १ अर्ब १६ करोड व्याज अनुदान प्रवाह भएको मन्त्रालयले जनाएको छ । सहुलियत कर्जा सम्बन्धी कार्यविधि २०७५ असोजमा स्वीकृत भएको थियो । तर सरकाले यसअघिबाटै कृषि कर्जामा ब्याज अनुदान दिदै आएको थियो । सो समेत जोडर सहुलियत कर्जा लिनेको संख्या साढे सोह्र हजार पुगेको हो ।

यस्तै सरकारले गत आर्थिक वर्षको बजेटमा शितघर निमार्णको लागि कृषि विकास बैंकबाट ब्याज अनुदान दिने बताएको थियो । तर गत आर्थिक वर्षमा बैंकबाट कुनै पनि त्यस्तो कर्जामा नगएको  र त्यसको ब्याज अनुदानको लागि मन्त्रालयमा माग नभएको मन्त्रालयले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved