सिद्धार्थ बैंक Siddhartha Bank Limited ले टोखा नगरपालिकास्थित भूतखेल पार्क र चण्डेश्वरी मन्दिर परिसरमा विभिन्न प्रजातीका विरुवा रोपेको छ । स्वच्छ वातावरण निमार्णमा सघाउ पु¥याउने उद्देश्यले चण्डेश्वरी युवाक्लब र ईन्द्रायणी सामुदायिक वन उपभोक्ता समुहको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।
रोपिएका विरुवाको संरक्षण १ वर्षसम्म चण्डेश्वरी युवाक्लब र ईन्द्रायणी सामुदायिक वन उपभोक्ता समुहको सहकार्यमा गरिने छ । चण्डेश्वरी मन्दिर परिसरमा ५० वटा र भूतखेल पार्क परिसरमा ५० वटा गरी जम्मा १०० वटा फलफूलका बिरुवाहरु रोपिएका छन् ।
त्यसैगरी बैंकले महाराजगंज लाजिम्पाट सडक छेउछाउमा पनि ७५ वटा बिरुवाहरु रोपेको छ ।
बैंकले हाल १६१ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १७८ एटिएम मार्फत सेवा दिँदै आएको छ ।