सिटिजन गत बर्षको लाभांश घोषणा गर्ने पहिलो बैंक बन्दै, नगद भन्दा बोनसमा जोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 01:00:48 PM मा प्रकाशित

laxmi  sunrise bank

बाणिज्य बैंकहरुमा गत आर्थिक बर्षको लाभांश घोषणा गर्नेमा सिटिजन बैंक Citizens Bank International Limited पहिलो बन्ने देखिएको छ। बैंकले आजै लाभांश घोषणा गर्ने तयारीका साथ आज संचालक समितिको बैठक डाकेको छ। सोहि बैठकले गत आर्थिक बर्षको लाभांश घोषणा गर्ने बैकं स्रोतले जनाएको छ। 

बैंकले गत आर्थिक बर्षको मुनाफा तथा बैंकको संचित कोषबाट लाभांश घोषण गर्ने भएको छ। गत आर्थिक वर्ष १ अर्ब ४८ करोड मुनाफा कमाएको बैंकले विभिन्न नियामकिय ब्यवस्थापन पछीको वितरणयोग्य मुनाफा भने १ अर्ब १० करोड आर्जन गरेको थियो। 

बैंकसंग गत आर्थिक बर्षको मुनाफा र अघिल्लो वर्षको संचित समेत गरेर संचित कोषमा १ अर्ब  २६ करोड ७८ लाख भन्दा बढी रकम छ ।  बैंकले उक्त रकम लगानीकर्तालाई वितरण गर्न सक्ने देखिन्छ। 

यस्तै बैंकसँग शेयर प्रिमीयमको रुपमा पनि ४ करोड ६८ लाख छ। जसलाई बैंकले बानस शेयर दिएर क्यापीटलाईज गर्न सक्छ । तर यसलाई बैंकले नगद लाभांश भने वितरण गर्न सक्दैन। यसलाई आधार मान्दा बैंकले बोनस शेयर र नगद गरेर १ अर्ब ३१ करोड ४६ लाख ९६ रुपैयाँ लाभाशं वितरण गर्न सक्ने रकम बैंकसँग छ। गत असार मसान्तमा बैंकको शेयर क्यापीटल ८ अर्ब ३७ करोड  १० लाख ६५ हजार छ। 

तथ्याङकलाई आधार मान्ने हो भने बैंकले १५.७ प्रतिशत सम्म लाभांश दिन सक्ने देखिन्छ । बैंकको लाभांश क्षमता १५.७ प्रतिशत भएकोले लगानीकर्ताले कर तिर्ने गरी बैंकले १५.७ प्रतिशत नै बोनस शेयर दिन सक्ने देखिन्छ । तर बैंकले शेयर प्रिमीयमको रकम नगद लाभांशको रुपमा दिन नमिल्ने भएकोले नगद लाभाशं भने कर समेत गरे १५.१ प्रतिशत मात्र दिन सक्दछ । 

तर बैंकको लाभाशं वितरण गर्दा बैंकको पुँजीकोषको अवस्था पनि हेर्नुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंकले गत साउन २० गते एक सर्कुलर जारी गर्दै वाणिज्य बैंकहरुलाई काउन्टर साइक्लिकल बफर कार्यन्वयन गर्दै पुँजीकोषलाई थप २ प्रतिशतले बढाउनुपर्ने ब्यवस्था गरिदियो । यसअघिको ब्यवस्था अनुसार बैंकहले न्युनतम पुँजीकोष १० प्रतिशत कायम गर्नुपर्ने र नगद लाभांश वितरणको लागि त्यसमा एक प्रतिशत थप पुँजीकोष कायम गर्नुपर्ने ब्यवस्था रहेको थियो । तर राष्ट्र बैंकको नयाँ ब्यवस्था अनुसार भने बैंकहरुले नगद लाभांश वितरणको लागि न्युनतम १३ प्रतिशत पुँजीकोष कायम गर्नुपर्ने हुन्छ ।  नयाँ ब्यवस्थालाई बैंकहरुकले २०७७ असार मसान्त भित्रमा कार्यन्वयनमा ल्याउनुपर्ने राष्ट्र बैंकले जनाएको छ । 

गत आर्थिक वर्षको अन्त्यमा सिटिजन्स बैंकको बैंकको पुँजीकोष १३.१९ प्रतिशत छ। यस हिसाबले बैंकले नगद भन्दा बढी बोनस शेयरलाई फोकस गर्ने देखिन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved