नाडा अटो शो मा माछापुच्छ्रे बैंकको स्टल: ११ प्रतिशत ब्याजमै गाडी कर्जा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2019 | 01:57:49 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा युबराज खतिवडाले उद्घाटन गरेसंगै आजदेखि गाडीहरुको कुम्भ मेला मानिने 'नाडा अटो शो' विधिवत रुपमा सुरु भएको छ। मेलामा चारपांग्रे, दुई पांग्रे र सवारीसंग सम्बन्धित कम्पनी गरि ९५ ब्राण्डको सहभागिता रहेको छ। 

गाडी खरिद गर्न चाहनेलाई वित्तीय तथा बीमा सेवा दिने उदेश्यले १३ बैंक वित्तीय संस्थाले समेत मेलामा सहभागिता जनाएका छन। सहभागिता जनाउनेमा एक विकास बैंक, ११ बाणिज्य बैंक र एक बीमा कम्पनी छन। सबैको बैंकको उदेश्य भनेको प्रदशनीस्थलबाट गाडी खरिदकर्तालाई वित्तीय सेवा प्रदान गर्ने हो। 

व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने नियमित गाडीको लागि ५० प्रतिशत तथा विद्युतीय सवारीमा २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने कानुनी व्यवस्था छ। यद्दपी गाडी किन्दा ग्राहकलाई दिने ऋणको कर्जामा लाग्ने ब्याजको दर, कर्जा अवधि तथा अन्य सहुलियत तथा सुविधा भने बैंकपिच्छे फरक फरक हुने गर्दछ।

'नाडा अटो शो' मा सहभागिता जनाउने बैंक वित्तीय संस्था मध्ये माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  ले गाडी खरिदमा आधार ब्याजदरमा ०.६२ प्रतिशत प्रिमियम थप गरेर कर्जा दिने भएको छ। अर्थात् बैंकले १०.९९ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ। बैंकले पनि सेवा शुल्क वापत ०.५ प्रतिशत थप शुल्क लिएर १० वर्षसम्मका लागि कर्जा दिन लागेको हो । माच्छापुच्छ्रे बैंकको स्टल नम्बर ‘इ १०’ रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved