नाम चलेका फिल्महलले नै तिर्दैनन राज्यलाई कर, नेतादेखि बैंकका अध्यक्ष कारबाहीको सुचिमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 27, 2019 | 07:08:31 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकामा संचालित ७५ प्रतिशत सिनेमाहलले मनोरंजन कर नतिरेको पाईएको छ । महानगरका अनुसार नगर भित्र संचालनमा रहेका १६ मध्ये १२ सिनेमाहलले कर तिरेका छैनन्। 

चलचित्र घरहरुले हरेक टिकट बिक्रि वापत ५ प्रतिशत कर उठाउदै आएका छन् । अर्थात् कुनै टिकटको २ सय पर्छ भने दर्शकले तिर्ने २ सय मध्ये १० रुपैयाँ कर वापतको रकम हो । चलचित्र घरहरुले पनि दर्शकहरुबाट उठाएर पनि महानगरलाई कर नतिरेका हुन।   यसरी उठाएको कर  महिना समाप्त भएको २५ दिन भित्र बुझाउनु पर्ने ब्यबस्था रहेपनि चलचित्र घरहरुले हाल सम्म पनि नबुझाएको महानगरले जनाएको छ। प्रदेश नम्बर ३ को आर्थिक ऐन २०७६ मा मनोरञ्जन करको ब्यबस्था गरिएको छ ।  

प्रदेश संरचना आउनु भन्दा अगाडी स्थानीय स्वायत्त शासन ऐन, २०५५ अनुसार पनि चलचित्र घरहरुले कर तिर्नु पर्ने ब्यबस्था थियो। तर महानगरका अनुसार सो समयदेखि कुनै पनि चलचित्र घरहरुले कर तिरेका छैनन ।  

महानगरपालिकाको राजश्व विभागका निर्देशक  शिवराज अधिकारीका अनुसार यसरि महानगरले उठाएको मनोरञ्जन कर राजश्व बाँडफाड अनुसार प्रदेशलाई पनि बाड्नु पर्छ। स्वायत्त शासन ऐन अन्तर्गत महानगरले उठाएको कर सबै महानगर कै हुन्थ्यो। कर नतिरेका चलचित्र घरहरुलाई महानगरले भदौ ३ गते एक सूचना जारि गर्दै १५ दिन भित्र कर तिर्न आउँन र सो समयमा कर तिर्न नआएमा कारवाही गर्ने चेतावनी दिएको छ। 

निर्देशक अधिकारीका अनुसार संचालनमा रहेका १६ मध्ये ४ सिनेमाहलले आर्थिक बर्ष ७५/७६ को कर तिरेका छन् । कर तिर्नेहरुमा बालाजुको गंगा चलचित्र मन्दिर, कलंकीको कलंकी सिनेमा, कोटेश्वरको पुष्पाञ्जली चलचित्र मन्दिर र बौद्धको सिद्धार्थ सिनेमा छन। यी मध्ये गंगा र कलंकीको समान २-२ पर्दा छन् भने बाँकिको १-१ पर्दा छन। 

मल्टिप्लेक्समा गएका र ठुला लगानीकर्ताहरुले नै कर नतिरेका हुन। कर नतिर्नेमा राप्रपाका नेता उद्दव पौडेलले लगानी गरेको गोपी कृष्ण मुभिज समेत रहेको छ । गोपीकृष्णको ७ पर्दा छन् ।  त्यस्तै हाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष रहेका पृथ्वी बहादुर पांडेले लगानी गरेको त्रिदेवीमार्गको छायाँदेवी सिनेमाजले पनि कर तिरेका छैन। छायाँदेवीको ३ पर्दा छन् । 

त्यस्तै कर नतिर्नेमा ४ पर्दा रहेको बालाजुको अष्टनारायण पिक्चर्स, गंगबुको सार्थक इन्टरटेनमेन्ट (बिएसआर), चाबहिलको चुच्चेपाटीकोमा रहेको के एल सिटि सिनेमा,बागबजारको म्याक्स इन्टरटेनमेन्ट रहेका छन् । 

त्यस्तै  राईजिंग मलमा रहेको सिनेमार्क, कमलपोखरीको ज्ञानेश्वरमा रहेको सिनेस्टार, सुन्धारको सिने डे सेफ (सिटिसी), नक्सालको जयनेपाल हल, कमलपोखरीको कुमारी, र सिभिल मलको सेन्ट्रल सिनेमाजले पनि कर तिरेका छैनन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved