अर्थमन्त्रीले रिमोट थिचेर उद्घाटन गरे राष्ट्रिय बाणिज्य बैंकका १४ शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2019 | 06:25:15 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले एकसाथ १४ वटा शाखा कार्यलयको उद्घाटन गरेको छ । बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले डिजिटल प्रविधिको प्रयोग मार्फत रिमोट थिचेर १४ वटै शाखा कार्यलयको उद्घाटन गरेको हुन् । 

 बैंकले प्रदेश नंम्बर १ मा मोरङको कर्सियाबजार र झापाको चकचकी प्रदेश नंम्बर २ मा रौतहटको चन्द्रपुर, महोतरिको बलवाबजार, मोहोत्तरीको पिपरा र पर्साको पोखरियामा शाखा खोलेको हो । त्यस्तै बैंकले प्रदेश ३ मा मकवानपुरको भिमफेदी, काडमाडौंको टोखा र कोटेश्वर तथा   गण्डकी प्रदेशमा नवलपुरको टांगिकोट र तनहुंको खैरेनीछारमा शाखा संचालनमा ल्याएको छ । प्रदेश ५ मा गुल्मीको पुर्तिघाट, कपिलवस्तुको भन्द्रौटा र दाङको घोराहीमा बैंकले शाखा संचालनमा ल्याएको हो ।

१४ वटा शाखा कार्यलय थपीएसँग बैंकको शाखा संख्या २३६ पुगेको छ । बैंकले २०४ वटा एटिएम र २४ वटा एटीए काउन्टर मार्फत सेवा दिदै आएको छ।  ३१ लाख भनदा बढी निक्षेप सदस्य र १ लाख ६० हजार भन्दा बढी ऋणीलाई कर्जा प्रवाह गरेको बैंकको गत असार मसान्तमा  निक्षेप १ खर्ब ९० अर्ब र कर्जा १ खर्ब ४४ अर्ब रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved