नेपाल राष्ट्र बैंकले मर्जरका लागि प्रतिबद्दता पत्र बुझाएका बैंक वित्तीय सँस्थासंग प्रगति माग्ने भएको छ। मर्जरको लागि प्रतिबद्दता पत्र बुझाएका बैंक वित्तीय सँस्थालाई उनीहरुको तयारि र प्रगति कहाँ पुग्यो भनेर आजनै पत्र काटिने राष्ट्र बैंक स्रोतले जनाएको छ।
'मर्जरको लागि राष्ट्र बैंकमा बुझाएको प्रतिपद्दतापत्र जसरि पनि पालना गराउने उदेश्यले तयारी कहाँ पुग्यो भनेर जानकारी लिनलाई पत्र काट्न लागेका हौँ' राष्ट्र बैंक स्रोतले भन्यो।
औपचारिकता पुरा गर्न मर्जरको प्रतिबद्दता बुझाएका भन्ने भ्रम राख्नेहरुलाई 'बैंक संचालक समितिको निर्णय कानुन सरह लागू हुन्छ, बैंकको बोर्ड निर्णय प्रचलित नेपाल कानुन र प्रमाण कानुन सरह बैधता हुन्छ,बैधता प्राप्त गरेको निर्णय कार्यन्वयन नभएमा नियामकले गराउँछ' भन्ने सिकाउँन पनि आज नै पत्र काट्न लागिएको स्रोतको दाबि छ।
राष्ट्र बैंकले मर्जरका लागि प्रतिबद्दतापत्र नबुझाएका सरकारी लगानीका राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक र निजि लगानीका नबिल र प्राइम बैंकसंग पनि राष्ट्र बैंकको निर्देशनमा सामेल नभएकोबारे स्पष्टिकरण माग्ने भएको छ। 'प्रतिबद्दतापत्र नबुझाएकालाई समेत पत्र काट्छौं, उनीहरुले प्रतिबद्दतापत्र नबुझाएको कारण सहित अहिलेसम्मको प्रगति माग गर्छौं' राष्ट्र बैंक स्रोतले भन्यो।
गभर्नर डा चिरिन्जीवी नेपालले गत असार १२ गते बैंक वित्तीय संस्थाका अध्यक्ष तथा सीईओहरुलाई डाकेर मौद्रिक नीति पुर्व नै मर्जरको लागि पार्टनर खोज्न मौखिक निर्देशन दिएका थिए। त्यसयता २८ मध्ये २३ बाणिज्य बैंकले मर्जरको लागि प्रतिबद्दतापत्र पेश गरेका छन।