‘को बन्छ करोडपति’मा जितेको पुरस्कार हूरी प्रभावित विद्यालयलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2019 | 08:01:17 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited का प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङ र हाँस्यकलाकार सन्दिप क्षेत्री केहि समय अघि प्रशारण भएको ‘को बन्छ करोडपति’ टिभि कार्यक्रममा सहभागी भएर १ लाख ६० हजार जितेका थिए । बैंकले त्यसमा १ लाख ४० हजार थप गरि जम्मा ३ लाख पुर्याएर गतवर्षको हावा–हूरी प्रभावित विद्यालयलाई प्रदान गरेको छ । 

पर्सा, खुतुवा पर्र्सौनीको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई रकम हस्तान्तरण गरिएको हो । बैंकका प्रमुख माईक्रो बैकिंग युवराज गुरागाईंले विद्यालयका प्रधानअध्यापक रामेश्वर प्रसाद यादवलाई हस्तान्तरण गरे । रकम हस्तान्तरणसँगै बैंकले को बन्छ करोडपति टिभि कार्यक्रममा गरेको बाचा पूरा गरेको छ ।

बैंकले हाल  ९६ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved