वर्ल्ड रेमिटबाट पैसा झिक्दा एनआईसी एसियाबाट १०० रुपैयाँ मोबाइल रिचार्ज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2019 | 01:39:46 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले दशैं तिहारमा हरेक पटक विदेशस्थित वल्र्ड रेमिटबाट नेपालमा रकम पठाउँदा रकम प्राप्त गर्ने व्यक्तिलाई १०० को मोबाइल रिचार्ज दिने भएको छ । बैंकको खातामा रकम पठाउँदा बैंकको तर्फबाट खातामा ३७५ बोनस क्रेडिट गर्ने योजना ल्याएको हो । 

उक्त विप्रेषण रकम बैंकका शाखा कार्यालयहरु, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ्ग इकाई एवंसहायक प्रतिनिधि मार्फत् भुक्तानी पाउन सकिनेछ । यो योजना सेप्टेम्बर १, २०१९ देखि अक्टोबर ३१, २०१९ सम्म लागू हुनेछ । 

बैंकले हाल २९७ शाखा, ३५० एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved