अल्टिमेटम सहित २८ बैंकलाई राष्ट्र बैंकको गोप्य सर्कुलर, मर्जर बाध्यकारी बनाउने संकेत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2019 | 06:47:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले मर्जरका लागि प्रतिबद्दता पत्र बुझाएका बैंक वित्तीय सँस्थासंग प्रगति मागेको छ। मर्जरको लागि प्रतिबद्दता पत्र बुझाएका बैंक वित्तीय सँस्थालाई उनीहरुको तयारि र प्रगति कहाँ पुग्यो भनेर बिहिबारनै पत्र काटिएको राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंक नियमन विभागकाअनुसार मर्जरको लागि राष्ट्र बैंकमा बुझाएको प्रतिपद्दतापत्र जसरि पनि पालना गराउने उदेश्यले तयारी कहाँ पुग्यो भनेर जानकारी लिनलाई पत्र काटिएको हो।  

औपचारिकता पुरा गर्न मर्जरको प्रतिबद्दता बुझाएका भन्ने भ्रम राख्नेहरुलाई 'बैंक संचालक समितिको निर्णय कानुन सरह लागू हुन्छ, बैंकको बोर्ड निर्णय प्रचलित नेपाल कानुन र प्रमाण कानुन सरह बैधता हुन्छ,बैधता प्राप्त गरेको निर्णय कार्यन्वयन नभएमा नियामकले गराउँछ' भन्ने सिकाउँन पनि सात दिन भित्र मर्जर कार्ययोजना बुझाउँने गरि भदौ १२ गते पत्र काटिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंक नियमन विभागका प्रमुख देव कुमार ढकालले वाणिज्य बैंकलाई बिहिबार भदौ १२ गते नै गोप्य सर्कुलर पठाएको बिजपाटी डटकमलाई बताएका छन। बाणिज्य बैंकलाई ७ दिनभित्र मर्जर सम्बन्धी प्रगति विवरण बुझाउन पर्ने गरि सर्कुलर पठाईएको खुल्न आएको छ।      

त्यस्तै मर्जरबारे प्रतिबद्दतापत्र नबुझाउने तीन सरकारी स्वामित्वका बैंक सहित एभरेष्ट, प्राइम र नबिल बैंकलाई समेत निर्देशनमा सामेल नभएकोबारे स्पष्टिकरण मागिएको छ। प्रतिबद्दतापत्र नबुझाउने बैंकलाई समेत यसअघिको निर्देशन पालना नगर्नुको जवाफ तथा मर्जर पार्टनर र कार्ययोजना लिखित रुपमा पेश गर्न भनिएको छ। 

गभर्नर डा चिरिन्जीवी नेपालले गत असार १२ गते बैंक वित्तीय संस्थाका अध्यक्ष तथा सीईओहरुलाई डाकेर मौद्रिक नीति पुर्व नै मर्जरको लागि पार्टनर खोज्न मौखिक निर्देशन दिएका थिए। त्यसयता २८ मध्ये २३ बाणिज्य बैंकले मर्जरको लागि प्रतिबद्दतापत्र पेश गरेका छन। जस मध्ये ग्लोबल र जनता बैंकबीच मर्जरमा जाने सहमति भईसकेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved