माछापुच्छ्रे बैंकले पठायो नेप्सेलाई जवाफ, लाभांश सम्बन्धी सूचनामा भएको के हो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2019 | 10:20:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले माछापुछ्रे बैंकले लाभांश सम्बन्धी सुचना ढिलो उपलब्ध गराएको भन्दै स्पष्टीकरण सोधेको छ। भदौ ११ गते बुधबारको  संचालक समितिको बैठकले लाभांश सम्बन्धी गरेको निर्णय बिहिबार १२ तिर मात्र जानकारी दिएको भन्दै ३ दिन भित्र जवाफ दिनपर्ने गरि नेप्सेले स्पष्टीकरण मागेको हो। 

बैंकले मूल्य संवेदनशील सूचना निर्णय हुनासाथ वा भोलिपल्ट नै कारोबार सुरु हुनु भन्दा अगाडी नेप्सेलाई उपलब्ध गराउनु पर्ने व्यवस्था बिपरितको काम गरेकाले स्पष्टिकरण सोधिएको नेप्सेले जनाएको छ।

यता माछापुछ्रे बैंकले भने आफुहरुले संचालक समितिले लाभांश सम्बन्धि निर्णय गरेको डेढ घण्टा भित्रै नेप्सेलाई जानकारी दिएको दाबि गरेको छ। भदौ ११ गते बुधबार बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षबाट १६ प्रतिशत लाभांश दिने निर्णय गरेको र निर्णय भएको डेढ घण्टा भित्रनै नेप्सेलाई जानकारी गराएको बैंकको दाबि छ। 

'४ बजे संचालक समितिको बैठक बसेको थियो, बैठक सकिए लगत्तै ५.४६ मा नै नेप्सेलाई जानकारी गराएको हो' बैंकका एक उच्च अधिकारिले भने, '५ बजेर ४८ मिनेट जाँदा नेप्सेको सिस्टममा जानकारी अपलोड गरेका थियौं, दोस्रो दिन बिहिबार ११ बजेर ३३ मिनेट जाँदा नेप्सेलाई चिठी पठाएको हो'। 

आफुहरुले मुल्य संवेदनशील सूचना भएकाले निर्णय हुनासाथ नेप्सेलाई जानकारी गराएको बैंकको दाबि छ। तर यता नेप्सेले भने आफूहरुसंग  भएको पुर्व सहमतीअनुसारको 'फर्म्याट' मा नै नेप्सेलाई लाभांश लगायतका मुल्य संवेदनशील सूचना उपलब्ध नगराएकाले स्पष्टिकरण माग गरिएको जनाएको छ। 

'सूचना दिनुछ भनेर लाभांश सम्बन्धि बिज्ञप्ती पठाएर भएन, नेप्सेसंग भएको सहमतिअनुसारको फर्म्याटमा नै सूचना पठाउनुपर्छ' नेप्सेका एक अधिकारिले भने, 'प्रेस रिलिज पठाएझैँ हामीलाई सूचना दिएर हुदैन, जसरि बिभिन्न शिर्षकमा राष्ट्र बैंकमा बुझाउने सूचनाको फर्म्याट हुन्छ त्यसैगरि नेप्सेको पनि आफ्नै फर्म्याट छ सुचिकृत कम्पनीले त्यहि बमोजिम पठाउनु पर्छ'

आफुहरुले ३ दिनको अवधी राखेर स्पष्टिकरण मागेकाले चित्तबुझ्दो जवाफ आएमा सजग र सचेत बनाउने तर चित्त बुझ्दो जवाफ नआए सेयर कारोबार रोक्का राख्ने कारबाही गर्ने नेप्सेले जनाएको छ। माछापुच्छ्रे बैंकले शुक्रबार नै नेप्सेले सोधेको स्पष्टिकरणको जवाफ पठाएको छ।        

  

  









Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved