भारतमा १० बैंकको मेगा मर्जर, जानेछैन कसैको जागिर, नेपालमा कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2019 | 07:54:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारको चालू आर्थिक बर्षको बजेटमा ठुला बाणिज्य बैंकलाई मर्जरमा लैजान प्रोत्साहन नीति लिने उल्लेख छ। सोहि कुरालाई आधार मानेर नेपाल राष्ट्र बैंकले बैंक वित्तीय सँस्थालाई मर्जरमा लैजान आक्रामक 'शैली' अपनाएको छ।

राष्ट्र बैंकले मौद्रिक नीति पुर्व नै समय तोकेर बैंक वित्तीय संस्था बिशेषगरि बाणिज्य बैंकलाई उपयुक्त पार्टनर खोज्नलाई निर्देशन दिएको थियो। तर मौद्रिक नीतिको महिना दिन बित्दा समेत मर्जरको बिषयले ठोस रुप लिन सकेको छैन। मौद्रिक नीतिमा मर्जरका लागि न प्रोत्साहन न बाध्यकारी अवस्था भएको भन्दै पार्टनर खोज्न दिएको निर्देशनलाई बैंकहरुले औपचारिकताको रुपमा लिएको देखिन्छ। 

यद्दपी राष्ट्र बैंक भने बैंक तथा वित्तीय संस्थालाई नियमन गर्न बनेको ऐन ,बाफिया संसोधन गरेर भएपनि बैंकहरुलाई मर्जरमा लैजाने रणनीतिमा देखिन्छ। राष्ट्र बैंकको निर्देशन यता जनता र ग्लोबल आईएमई बैंकले मात्रै मर्जरमा जाने निर्णय गरेका छन।

नेपालमा मर्जरमा जानलाई २२ बाणिज्य बैंकले प्रतिबद्दतापत्र बुझाएका छन भने सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंक तथा निजि लगानीका नबिल, प्राइम र एभरेष्ट बैंकले कुनै प्रतिबद्दता नै बुझाएका छैनन। नेपालमा बाणिज्य बैंकहरुले मर्जरमा कहिले जान्छन त्यो भविष्यले नै देखाउला तर नेपालसंग रोटि बेटीको सम्बन्ध भएको भनिने छिमेकी देश भारतमा भने मर्जरको लहर नै चलेको छ। 

दुईदिन अघि मात्रै भारतमा बैंकहरुको मर्जरलाई लिएर ठुलो निर्णय भएको छ। भारतको वित्त मन्त्री निर्मला सितारमणले शुक्रबार मात्रै सरकारी स्वामित्वका १० बाणिज्य बैंक मर्जर भएर ४ बैंक बन्ने घोषणा गरेकी छन। 

पन्जाब नेशनल बैक, ओरिएंटल बैंक अफ कमर्श, युनाइटेड बैंक एक हुने भएका छन। यी तिन मिलेर बन्ने बैंक भारतमै तेस्रो ठुलो बैंक हुने र त्यसको व्यवसायको आकार १७.९५ लाख करोड (भारु) हुने बताइएको छ।      

त्यस्तै युनियन बैंक इन्डिया, आन्ध्रा बैंक र कर्पोरेशन बैंक मिएर एक बैंक गठन हुनेछ। यो बैंक भारतमै पाँचौं ठुलो बैंक बन्नेछ। यसको व्यवसायको आकार १४.५९ लाख करोड हुनेछ। भारत सरकारले बैंक अफ अप्रेशनको लागत घटाउनलाई यी तिन बैंकलाई मिलाएर एक बैंक बनाउन लागेको त्यहाँका संचारमाध्यमले जनाएका छन।   

त्यस्तै वित्त मन्त्री सितारमणले इन्डियन बैंकको बिलय इलाहाबाद बैंकसंग हुने र बिलयपछि बन्ने बैंक भारतमै सातौँ ठुलो बैंक बन्ने बताएकी छन। यसको ब्यवसायको आकार ८.०८ लाख करोड हुनेछ। 

यहि क्रममा केनरा बैंक र सिन्डिकेट बैंकको पनि बिलय हुने भएको छ। यी दुईबीचको मिलन पश्चात बन्ने बैंक भारतको चौथो ठुलो बैंक बन्नेछ। यसको व्यवसायको आकार १५.२० लाख करोड हुनेछ। सरकारी स्वामित्वका १० बैंक मर्जर तथा प्राप्तिमा जाँदा यी बैंकका कर्मचारीहरुको रोजगारी नजाने वित्त मन्त्री सितारमणले त्यहाँको संचारमाध्यमसंगको कुराकानीमा बताएकी छन।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved