चिनियाँ ह्याकिंङ प्रकरण: हङकङको सर्भरमा हमला गरी काठमाडौंमा चोरी, कमजोरी कसको ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 02, 2019 | 07:32:23 PM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ ह्याकरले हङकङमा बसेर एटीएम ह्याकिङ गरेको आशंका उब्जिएको छ। नेपालका अधिकांश डाटा हङकङमा राखिएकाले एटीएम ह्याकिङ पनि हङकङबाटै भएको हुनसक्ने सम्भावना अधिक रहेको बिज्ञहरुले बताएका छन। 

बिज्ञहरुकाअनुसार नेपालका अधिकांश डाटाहरु हङकङमा राखिएका छन। त्यती मात्र नभई नेपालमा आउने इन्टरनेट पनि हङकङबाट नै आउने भएकाले चिनियाँ ह्याकरले हङकङबाटै ह्याक गरेको आशंका गरिएको हो।  ह्याकिङ स्पेनबाट भएको चर्चा चलेपनि त्यसमा विश्वास गर्न नसकिने उनिहरुको भनाइ छ।

डाटा जहाँ छ त्यहिको सर्भर छुने भएको र अधिकांश डाटा हङकङमा भएकाले ह्याकिङ हङकङबाट हुन सक्ने सम्भावना प्रबल रहेको बिज्ञको दाबि छ। ह्याकिङमा टोरेन्टको पनि प्रयोग भएकाले स्पेनबाट भएको अनुमान लगाइएको हुनसक्ने आशंका गरिएको बिज्ञको भनाई छ।

नेपालका महत्त्वपूर्ण सूचना तथा जानकारी हङकङ, सिंगापुर तथा भारत लगायतका देशमा राख्ने गरिएकाले बेला बेलामा डाटा सुरक्षाको कुरा उठेपनि अहिलेसम्म त्यसको ठोस कदम भने चालिएको छैन। इम्बोस्ड नम्बर प्लेट, लाइसेन्स र राष्ट्रिय परिचय पत्र जस्ता महत्त्वपूर्ण जानकारी हुने  सर्भर नेपालमा राख्न माग उठ्दै आएको छ। 

कम्जोरी कसको ?

नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम ‘नेप्स’ को प्रणाली  भन्दा बाहिर रहेका नबिल बैंकको प्रयोग गरेर चिनियाँ ह्याकरले पैसा निकालेकाले केहि निकायहरुमा कमजोरी देखिएको अनुमान गरिएको छ। एक अर्कासंग अन्तरसम्बन्ध भएका यी निकायले अनुमति दिएको अवस्थामा मात्रै कारोबार अर्थात एटिएमबाट पैसा निकाल्न सम्भव हुने जानकारहरुको भनाई छ।  

प्रारम्भिक प्राविधिक अनुसन्धानले ‘नेप्स’ मा केहि कमजोरी भएको हुनसक्ने बिज्ञहरुले बताउन थालेका छन। चिनियाँ ह्याकरले पैसा निकाल्दा एटिएम, स्विच भिसा र नेप्सको सिस्टम छोएको देखिएकाले यी मध्ये कहीं न कहीं ल्याक भएको अनुमान गरिएको छ। अहिलेको अवस्था हेर्दा एटिएम मेसिनमा केहि समस्या रहेको र त्यसको फाइदा उठाएर भिसा र नेप्सबीचको 'नक्कली क्युरी'  अर्थात भिसाबाट प्रश्न सोध्ने र नेप्सबाट आफै उत्तर दिने प्रणाली बनाएर पैसा निकालेको देखिन्छ। यसमा नेप्स, भिसा र एटिएम मेसिनमा कहीं न कहीं समस्या देखिएको अनुमान गरिएको छ। 

ह्याकरले नबिल बैंकको दरबारमार्गमा रहेको एटीएम, हिमालयन बैंकको ठमेलमा रहेको एटीएम र प्रभु बैंकको कमलपोखरीमा रहेको एटीएमबाट रकम निकालेका थिए। त्यस्तै भारतबाट समेत भिसा कार्ड घोटेर करिब डेढ करोड भन्दा बढी रकम निकालिएको थियो। नेपाल र भारत गरि चिनियाँ ह्याकरले ३ करोड ४५ लाख निकालेको अहिलेसम्मको अनुसन्धानले देखाएको छ। 

  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved